• प्रकाशलाई भ्याइनभ्याइ

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७२, आईतवार

    निर्देशक प्रकाश भट्टलाई म्यूजिक भिडियोको निर्देशन गर्नमा भ्याइनभ्याइ भएको छ । हरेक दिन म्यूजिक भिडियोको सुटिङमा व्यस्त हुन्छन् यिनी । समयअनुसारका गीतसंगीतमा यिनको दिनचर्या बित्ने गरेको छ । नयाँ वर्ष आयो त्यहीबेलाको गीतसंगीतमा उनको दिन बित्छ, तिज आउँछ तिजको गीतहरुमा उनको व्यस्तता बढ्छ भने दसैं आउँछ फेरी चाडपर्वमा कै गीतमा व्यस्त हुन्छन् । समय सान्दर्भिक गीतहरुको समय होस् या माया प्रेमका गीत हुन् जस्ता गीत आउँछन् उनको निर्देशकीय क्षमता देखाउन काम हुन्छ । वर्षमा तीन चार सय म्यूजिक भिडियो निर्देशन गर्ने गर्छन् उनले । सपना अर्कै बोकेर गोर्खादेखि काठमाडौं छिरेका प्रकाश पहिला त नृत्यमा लागे, कोरस डान्सर बनेर धेरै काम गरे अन्ततः म्यूजिक भिडियो निर्देशनमा चर्चित भए ।
    तिज आउँदा करिब ४५ देखि ६० को हाराहारीमा उनको तीज गीतको म्यूजिक भिडियो निर्देशन हुन्छ भने त्यसपछि निरन्तर उनले माया प्रेमका गीतहरु हुन्छन् । उत्कृष्ट निर्देशक, कोरियोग्राफका रुपमा परिचित भएका प्रकाशले दसैं आउँदै गर्दा झन् व्यस्त छन् । कहिले दसैंको गीत त कहिले अन्य गीत । बढीजसो लोकदोहोरीको म्यूजिक भिडियोमा निर्देशन गरिरहेका प्रकाशले आधुनिक गीतको म्यूजिक भिडियोमा पनि निर्देशन गरिरहेका छन् ।

    prakash bhatta
    निर्देशनकै क्रममा उनले धेरैलाई रोजगारी दिएका छन् भने धेरै निर्देशकको जन्म दिएका छन् । उनको कामलाई पछ्याउँदै हिंड्नेहरु आज उनीमाथि नै धोका दिँदै मौकाको फाइदा उठाउनतर्फ पनि पछि परेनन् । ‘कसैलाई मौका दिँदा, अवसर दिँदा, रोजागरी दिँदा धोका दिन्छन् भने मेरो लागि केही फरक पर्दैन’, उनले भने मलाई धोका दिनेले अरुलाई पनि धोका दिन्छन् भन्ने बुझ्नुपर्छ । किनकी उसको दिनचर्या नै त्यसरी नै चलेको हुन्छ, उनले भने । माया प्रेम र धोकाकै गीतहरुमा उनले म्यूजिक भिडियो निर्देशन गरिरहेका छन्, पर्दामा उतारिरहेको धोका उनका बीचमा पनि प्रत्यक्ष नआएका होइनन् ।

    prakash saput
    साई भिजन प्रोडक्सन हाउस खोलेर निरन्तर क्रियाशील रहेका प्रकाशले भर्खरै मात्र पनि पशुपति शर्मा र जानकी तारमी मगरको लोकदोहोरी गीत ‘नरोइ बस आघुम भेट हुम्ला नि सँगै रुम्लानी’ को निर्देशन सकेका छन् भने सम्झना भण्डारी र प्रकाश सपुतको दसैं विशेष गीत ‘नयाँ संविधान बनेको वर्ष, सबैको मनमा खुशी हर्ष’ को निर्देशन गरेका छन् । यी त तत्कालका उदाहरण मात्र हुन् ।

    prakash bhatta-1

    प्रकाशले निर्देशन गरेका गीतहरुले धेरै अवार्डहरु चुमिसकेका छन् । निर्देशक रुपमा धेरै सम्मानहरु हात पारिसकेका छन् भने पछिल्लो समय स्टेश शोहरुमा पनि उनले आफ्नो सहभागिता जनाउँदै आएका छन् । मुलुकभित्र हुने मेला महोत्सवहरुमा उनले आफ्नो प्रस्तुति देखाउँदै पनि आएका छन् । प्रत्येक वर्ष उनलाई निर्देशन गर्नमा भ्याइनभ्याई हुने गरेको छ । प्रकाश भट्टका अलावा निर्देशक शंकर बिसी पनि अग्रपंक्तिमा नै देखिने गर्छन् । लोकदोहोरीको क्षेत्रमा यी दुई निर्देशकले मात्र कब्जा गरिरहेको यो अहिले अवस्था हो । यी दुई निर्देशकपछिका अन्य निर्देशकको हातमा भने म्यूजिक भिडियोको काम थोरै नै हात पर्ने गरेको छ ।

    janaki tarami

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु