प्रस्तोता समाजको कार्यभार बाँडफाँड

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७१, सोमबार १६:५२

काठमाडौं । प्रस्तोता समाजको पाँचौ साधरणसभाबाट हेमन्त शर्माको अध्यक्षतामा नयाँ कार्यसमितिको पहिलो बैठकबाट कार्यसमितिको कार्यभार बाँडफाँड गरिएको छ । जस अनुसार उपाध्यक्षमा गायक तुलसी पराजुली, महासचिवमा राई नवीन, सचिवमा भिषण मुकारुङ, कोषाध्यक्षमा भानुभक्त ढकाल रहेका छन् । त्यस्तै कार्यक्रम संयोजकमा शिव हमाल रहेका छन् भने सदस्यहरुमा ईश्वरी प्रसाद भुसाल, पार्वती राई, नरहरि प्रेमी, नवीन पौडेल, अनिता श्रेष्ठ रहेका छन् । नयाँ कार्यसमितिबाट अब प्रस्तोता समाजलाई नयाँ गतिमा लैजाने र कलाकारको हक अधिकारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै अगाडी बढ्ने अध्यक्ष हेमन्त शर्माले बताए ।

hemant n team

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु