
काठमाडौं । गायक फत्तेमान राजभण्डारी सिकिस्त बिरामी भएपछि उपचारका लागि शनिबार चाबहिलस्थित ओम हस्पिटल भर्ना गरिएको छ । फत्तेमानको फोक्सोमा क्यान्सर देखिएको उपचारमा संलग्न डा. सुदीप श्रेष्ठले बताएका छन् । चार सयभन्दा बढी गीतमा स्वररसंगीत दिइसकेका ७७ वर्षिया फत्तेमानका ”मर्न बरु गाह्रो हुन्न…,” ”यस्तो पनि हु“दो रै”छ….,” ”सान्नानीको गालैमा कालो कोठी रै”छ…,” ”वनै खायो डढेलोले…,” ”रातो र चन्द्र सूर्य…” लगायत गीत कालजयी छन् ।
साढे पा“च दशकदेखि नेपाली सांगीतिक फा“टमा निरन्तर सक्रिय रह“दै आएका फत्तेमानको स्वास्थ्य लाभको कामना गर्दै वासु शशि स्मृति परिषद् सचिव प्रद्युम्न जोशीले विज्ञप्तिसमेत निकालेका छन् । फत्तेमान वासु शशि स्मृति परिषद्का उपाध्यक्ष हुन् ।