• ‘फर्क बुद्ध कहाँ गयौ’ भन्दै योजना

    म्यूजिक खबर
    प्रकाशित: ४ मंसिर २०७२, शुक्रबार

    सविता पोखरेल

    एक समयमा नेपाल विश्वमा शान्तिको देश भनेर चिनीएको थियो । अनि शान्तिका दुत गौतम बुद्ध जन्मिएको देश भनेर चिनीएको थियो । तर समय परिवर्तनसँगै परिस्थिति पनि बदलिएको छ । वैशाख १२ पछिको विनाशकारी महाभुकम्प र हाल छिमेकी मुलुक भारतले लगाएको अघोषित नाकाबन्दी का कारण मुलुक अस्तव्यस्त छ । अशान्ति नै अशान्ति छाएको छ । यस्तो परिस्थितिमा बुद्ध आइदिए शान्ति छाउनेथियो नि, भन्ने आशयले होला गायिका योजना पुरीले बुद्धलाई फर्कन आग्रह गरेकि छिन् ।

    ‘फर्क बुद्ध’ बोलको गीत मार्फत उनले बुद्धलाई ‘फर्क बुद्ध कहाँ गयौ’भनेर बुद्धलाई फर्कन आग्रह गरेकि हुन् । भर्खरै बजारमा सार्वजनिक भएको उक्त गीतको शब्द नवाराज खड्काको रहेको छ भने रियाज खतिवडाले संगित भरेका छन् । आकर्षक म्यूजिक भिडियो समेत बनाइएको उक्त गीतलाई गीतकार नवराज खड्काको एल्बम अनुभुतिमा समाबेस गरीएको छ । बुद्धको जन्मस्थल लुम्बीनि , बौद्ध , स्वयम्भु लगायतका ठाउँमा गरीएको छायांकनले भिडीयोलाई समेत अझ र्मामिक र सान्दर्भिक बनाइएको छ ।
    भिडियो हेर्नुस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु