• बंगाली म्यूजिक भिडियोबाट कोइरालाको निर्देशन यात्रा सुरु

    म्यूजिक खबर
    प्रकाशित: १७ फाल्गुन २०७३, मंगलवार

    फागुन १७, काठमाण्डौ । नेपालको लोक संस्कृतिलाई विश्वभर चिनाउँदै आएका आरसी कोइरालाले म्यूजिक भिडियोको निर्देशन यात्रा भने बंगाली गीतबाट सुरुवात गरेका छन् । बाङ्लादेशका मसुर गायक तथा मोडेल एच. एम. राणा (HM RaNa ) को गीतको म्यूजिक भिडियोलाई नेपालमा छायाँकन गरेर कोइरालाले निर्देशनको यात्रा तय गरेका हुन् । रानाका साथमा मोडेल सीतल आचार्यले अभिनय गरेकी छिन् । पहिलो पटक निर्देशन गरेको म्यूजिक भिडियो नै अन्तरर्राष्ट्रिय बनेपछि उनी निकै हौसित छन् । एच. एम. राणाको आफ्नै सुमधुर स्वरले भरिएको गीतमा संगीतकार भने बलिउडमा समेत संगीत दिइसकेका एमए रहमान M. A. Rahman) रहेका छन् । रहमानले बलिउडका फ्लिममा आफ्नो साङ्गतिक जादु देखाइ सकेका छन् ।

    SITTAL ACHARYA4
    सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी छिन् भने नेपाली चलचित्रमा पनि काम गरिसकेकी छन् । आचार्यले केही दिनमै बङलादेशी म्युजिक भिडियोमा काम गर्दैछिन, सीतल मोडेल मात्रा नभई एक कुशल कलाकार पनि हुन् ।

    SITTAL ACHARYA1
    आर एस फिल्मसले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको सम्पूर्ण सुटिङ नेपालको विभिन्न स्थानहरु (नगरकोट, पोखरा र ठमेल लगाएत) मा खिचिएको म्युजिक भिडियोको निर्देशन आरसि कोइरालाले गर्नु भएको छ । विभिन्न म्युजिक भिडियो, फिल्म तथा डकुमेट्रीमा काम गरिसकेका आरसिले अन्तर्राष्ट्रिय म्युजिक भिडियो निर्देशनबाट डेब्यू गरेका हुन् ।

    SITTAL ACHARYA
    “सपना नि तिमी बिपनी नि तिमी, तिमीनै जिबन तिमीनै मृत्यु…. सार भएको बङ्गाली गीतको ब्यबस्थापन निर्देशकसमेत रहेका शाउल बाबु (Sheul Babu) को छायाङ्कन रहेको छ ।

    SITTAL ACHARYA2

    SITTAL ACHARYA3

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु