• बबाल गरेपछि चर्चामा भट्टराई

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०७०, बुधबार

    काठमाडौ, १२ चैत । गायक रमेशराज भट्टराईले जब बबाल गीत गरे त्यसपछि मात्रै चर्चामा आउन सफल भए । अहिले बबाल भो गीतबाट चर्चामा रहेका गीतकार, संगीतकार एवं गायक रमेशराज भट्टराई संगीत क्षेत्रमा परिचित नाम हो । विगत दश वर्षदेखि संगीत क्षेत्रमा उनले ५० जति लोकदोहोरी गीतसमेत गाइसकेका छन् । माया लाको उनले र मैले दुनियाँलाई के सवाल भो, आज फेरी पापी शहरमा बबाल भो, बबाल भो गीत चर्चाको शिखरमा रहेको छ । अहिले रमेशराजको यस गीतले स्टेज कार्यक्रमहरु धेरै नै पाइरहेको छ । सबै स्टेज कार्यक्रमहरुमा रमेशराजले बबाल गर्दै आइरहेका छन् । रमेशराज राम्रा गीतका सर्जक हुन् । उनका सिर्जनाहरुले यसभन्दा अघि पनि राम्रै स्थान पाइरहेको थियो तर स्टेज कार्यक्रमहरु भने खासै पाउन सकेको थिएन । पछिल्लो समयमा उनले निकालेको गीत बबाल भोले बजारमा जसरी चर्चा पायो त्यसरी नै स्टेज कार्यक्रमहरु पनि पाउन थालेका छन् रमेशराजले ।
    यसभन्दाअघि उनका गीतहरु उसले जति माया तिमीलाई, मैले तिमीलाई चाहेर पनि, सँगै जीउने बाचा गरी, तिम्रो झुठो पिरतीमा जस्ता गीतहरुले पनि चर्चा पाइसकेका छन् । उनका गीतहरु सिआरबीटी डाउनलोडदेखि लिएर स्रोताहरुको माझमा चर्चायोग्य बन्न सफल भए । अवार्डहरु चुम्न पनि सफल भए । उनको रचना संगीत रहेको माथिका गीतमा स्वर अरुको भए पनि चर्चा भने उनले नै पाउन सफल भए । त्यस्तै उनी आफैंले गाएका चर्चित गीतहरु उपहार तिमीलाई म तरबार दिन्छु, मैले उनको सामु भन्न मात्र, तिमीलाई सम्झी रुने यो मन, तिम्रो झुठो पिरतीमा जस्ता पनि उत्तिकै सफल गीतहरु हुन् ।
    विगत १० वर्षदेखि संगीतमा सक्रिय रुपमा रहेका रमेशराज भट्टराईले लोकदोहोरीमा पनि उत्तिकै सफल गीतहरु दिइसकेका छन् । शब्द रचना, संगीत र स्वर सबैमा सबल रहेका भट्टराईले आधुनिक, लोकदोहोरी गीतहरुमा करिब ५० भन्दा बढीमा स्वर दिइसकेका छ । करिब १५० गीतमा शब्द र संगीत भरिसकेका भट्टराईले युवा पिँढीलाई लक्षित गरी गीत निकाल्ने गरेका छन् । अहिलेको युवा पुस्ताले कस्ता सिर्जनालाई मन पराउँछन् भन्ने कुरालाई प्रमुखतामा राखेर गीत गाउने गरेका भट्टराई को बन्छ कलाकारको टप टेनमा परेका थिए । सडक नाटक, नृत्यसमेत गरेर उनले सम्मान र पुरस्कारहरु पाइसकेका छन् । दुई वर्षअघिसम्म संगीतमा संघर्ष गर्दा कसैबाट सहयोग नपाएको गुनासो गर्दै भट्टराईले भने अहिले भने सम्पूर्ण मिडिया र साथीभाइको सहयोग मिलेको छ ।
    babal vo

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु