• बविता श्रेष्ठको निर्देशनमा “तिम्रै यादले बाँच्न पाइया छ“ (भिडियो सहित)

    म्यूजिक खवर
    प्रकाशित: २९ माघ २०७५, मंगलवार

    आर पोखरेल, काठमाडौँ , फागुन १ ।
    नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक गणेश सिंह ठकुरीको आवाजमा सजिएको लोकदोहोरी गीत “तिम्रै यादले बाँच्न पाइया छ“ गीतको अडियो तथा भिडियो बजारमा आएको छ ।
    आफना प्रेमीको यादमा नै जिवन अहिले सम्म बाँच्न सफल भएको गायिका शान्ती श्री ले बताइन । जिवनका अनेकौ चोटहरुलाई सहेर भएपनि आफनो प्रेम सफल बनाउनको लागी आफु लागी परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ । प्रकाश भण्डारीको शब्द तथा गणेश सिंह ठकुरीको लय सिर्जना प्रस्तुत गीतमा रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।, “तिम्रै यादले बाँच्न पाइया छ“ गीतमा बुद्धविर थापा र साया भण्डारीको अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
    “तिम्रै यादले बाँच्न पाइया छ“गीतको भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु