• बाँचुन्जेल सँगै बसौं भन्दै अमर

    म्यूजिक खबर
    प्रकाशित: २५ माघ २०७३, मंगलवार

    माघ २५, काठमाण्डौ । गायक अमर राई यतिखेर प्रवासमा बसेर पनि आफ्नी मायालुलाई गीत मार्फत् बाँचुन्जेल सँगै बाँचौै मरे सँगै मरौं भन्दै छन् । मलेसियाको भूमिमा रहेर उनी गीतसंगीत मार्फत् मायाप्रेमको कथालाई प्रकट गरेका छन् । तर यो अवसर भने गीतकार पासाङ तामाङ र संगीतकार मनिपाल राईले दिएका हुन् ।

    amar rai
    बाँचुन्जेल सँगै बसौं मरे सँगै मरौं
    सात समुन्द्र पारी तरी तिमी र म घरबार जोडौं

    फूलिरहने फूलको जस्तो नबदलियोस् रंग
    हाम्रो चोखो माया हेरि सारा दुनियाँ परोस् दंग

    तिम्रो मेरो माया देखी सारा दुनियाँ जलुन्
    मुना मदनको जस्तै हाम्रो प्रितको नाम चलुन्

    गीतकार पासाङ तामाङ प्रवासको भूमिमा रहेर आफ्ना शब्दहरुमार्फत मायाप्रेमभित्रको एउटा समधुर सम्बन्धसँग घरबार जोडिरहेका छन् । दुनियाँको एउटा नमूना बन्न सक्ने मायाप्रेम बनाउन कोशिस गर्दैछन् पासाङ । उनका शब्दहरुजस्तै बगेका छन् मनिपाल राईको संगीत पनि । पासाङको शब्दको गोरेटोलाई मनीपालले संगीतको फराकिलो बाटो बनाएर अमर राईको स्वरमा दुनियाँलाई हिंडाइरहेका छन् ।


    शुभकामना मिडिया सोलुसनमार्फत् बजारमा आएको बाँचुन्जेल बोलको गीत यतिखेर सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । पवन राई र गीता राईको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन एवं छायाँकन गरेका छन् । जीवन सेन्चुरीको सम्पादन रहेको यस गीतको म्यूजिक भिडियो मलेसियाकै रमणीय दृश्यमा छायाँकन गरिएको हो । तिम्रो यादमा नामक एल्बममा समावेश गरिएको यस एल्बमभित्र चारवटा गीत समावेश गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु