• बाढी पीडित बालबालिकालाई गायिका अन्जुको सहयोग

    म्यूजिक खबर
    प्रकाशित: २३ आश्विन २०७४, सोमबार

    २३ असोज २०७४, सुनसरी । गायिका अन्जु पन्तद्वारा संचालित अन्जु पन्त फाउण्डेसनद्वारा सुनसरीको इटहरी स्थित गैरी गाउँ र शिवनारायण टोलका बाढी पीडित ३८५ बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ । गत महिनाको बाढीबाट क्षतिभएको उक्त बस्तिमा गायिका पन्त आफंै उपस्थित भई बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी हुन् । सोही कार्यक्रममा माईका नेपालद्वारा उपलब्ध गराइएको ग्याँस चुल्हो, पानी फिल्टर लगायत घर बनाउने बाँस पनि वितरण गरिएको थियो ।

     

    गायिका पन्तले राहत बितरण कार्यक्रममा म यस्तो गीत गाउँछु र सुर्के थैली खै भन्ने गीत गाउँदा स्थानिय बाढी पीडितहरु रमाएर नाँचेका थिए ।


    राहत वितरण कार्यक्रममा इटहरी उप–महानगरपालिकाका उपमेयर श्री लक्ष्मी गौतम, माईका नेपालका राष्ट्रिय संयोजक थिर के.सी., स्थानीय जन प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु