• बादलले ल्याए पानी पानी

    म्यूजिक खबर
    प्रकाशित: १८ भाद्र २०७४, आईतवार

    १७ भदौ २०७४, काठमाडौं । गीतकार तथा संगीतकार बादल घिमिरेले नेपाली गीतहरुको संग्रह पानी पानी सार्वजनिक गरेका छन् । शनिबार राजधानीको मण्डला थियटरमा एक कार्यक्रमको आयोजना गरी गीतिसंग्रह पानी पानीलाई सार्वजनिक गरेका हुन् । संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार रमेश पौडेल, गीतकार डा.नवराज लम्सालको हातबाट एल्बम पानी पानी सार्वजनिक गरिएको थियो ।


    एल्बम पानी पानीभित्र ६ वटा गीतहरु समावेश गरिएको छ । जसमा बादल घिमिरेको रचनामा डाक्टर साब, तिम्रो तस्विर, अलिअलि रहेको छ । सानी सानी बोलको गीत पूर्णिमा थापाले लेखेकी छन् भने सयौं जुनी सिर्जना पोखरेलले लेखेकी छन् । गीतहरुलाई राज सिग्देल, रुपक डोटेल, राजेशपायल राई, रजिना रिमाल, गोपाल ज्ञवालीले स्वरबद्ध गरेका छन् । एल्बमको डाक्टर साब गीतमा सुरेश अधिकारीले संगीत दिएका छन् भने पाँच वटा गीतमा बादलको आफ्नै संगीत रहेको छ ।


    कार्यक्रममा राजेशपायल राईको स्वरमा रहेको तिम्रो तस्विर र रुपक डोटेलको स्वरमा रहेको सानी सानी बोलको गीतको म्यूजिक भिडियोसमेत देखाइएको थियो । पानी पानी एल्बमलाई चमेरो म्यूजिकले बजार व्यवस्थापन गरेको छ । एल्बम विमोचनसँगै संगीतकार कल्याण्कारी कोषमा संगीतकार घिमिरेले ५००० रकम हस्तान्तरण गरेका थिए । कार्यक्रम संचारकर्मी एवं गायक सरोज कोइरालाले संचालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु