• बार्सिलोनामा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: ११ माघ २०७०, शनिबार
    वार्सिलोना/ स्पेन , ११ माघ / २०१४ जनवरी २२ तारिख स्पेनको बर्सिलोनामा विशेष सांस्कृतिक कार्यक्रम एन अर एन स्पेन को विशेष सहयोगमा अन्य संघ संस्थाका प्रतिनिधि तथा कलाकार सम्मिलित छुट्टै आयोजक समितीको सम्योजनमा सम्पन्न भएको छ । साथै आयोजक समिती ले यस कार्यक्रम बाट बचेँको सन्कलित रकमलाई एन आर एन स्पेनको कल्याणकारी  कोषमा हस्तान्तरण गर्ने घोषणा गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार कलाकार संघ स्पेनको आयोजनामा गर्ने भनिएको यस कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सँग सम्बन्धित व्याबहारिक बिषय मिडियामा समेत प्रकाशित भएका कारण अन्तिम तैयारी हुँदै गर्दा करीव-करीव स्थगनको मोडमा पुगेको थियो ।
    आयोजक संस्था सँग जोडीएर कार्यक्रम नै विवादित बन्न जांदा नेपाल देखी आएका बारीस्ठ कलाकार मनोज गजुरेल , पशुपती शर्मा र रिता थापा सो कार्यक्रममा उपस्थित हुने कि नहुने ? कलाकारहरुलाइ नेपाल देखी निमन्त्रण गरेर युरोप भरी एन आर एन सँग संयोजन गर्दै कल्याणकारी कोष जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका एन आर एन बेल्जिएमका सल्लाहकार एवं कलाकारहरुको हवाइ टिकट काटिसकिएको अवस्था , हल बुकिङ भैसकेको तथा कैयौ टिकट बिक्री भैसकेको अवस्थामा कार्यक्रम स्थगन हुँदा आगामी दिनमा के कस्तो प्रभाव पर्ने हुन्थ्यो भन्ने बारे धारणाहरु आ-आफ्नै हुन सक्छन । पक्कै पनि आन्तरिक रुपमा राम्रो नराम्रो जसरी विस्लेषण गरिएता पनि नेपाली कलाकारको नजरमा तथा अन्य देशमा रहेका नेपालीहरुले स्पेनका संघ संस्था र यहाँ हुने कार्यक्रमका बारेमा चर्चा परीचर्चा गर्दा राम्रो सन्देश भने पक्कै जाने थिएन । यसअर्थमा छोटो समय को ब्यबस्थापन का बाबजुत आज सम्पन्न यस कार्यक्रमका लागि संघ संस्था तथा सम्बन्धित ब्यक्तीहरु र उपस्थित समस्त स्पेनवासी नेपालीहरुले जे जसरी आ-आफ्नो भूमिका निर्वाह गरी कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो यो एउटा उदाहरणिय प्रयास भएको छ ।आयोजक समितीका सम्योजक एवं एन आर एन का उपाध्यक्ष निरज पोख्रेलको सभापतित्वमा सम्पन्न प्रथम चरणको औपचारिक कार्यक्रमका प्रमुख अतिथी एन आर एन अन्तरराष्ट्रिय समनवय समिती सदस्य दीपक खरेल रहनु भएको थियो भने विशेष अतिथी एन आर एन स्पेनका अध्यक्ष एकराज गिरी तथा एन आर एन बेल्जिएमका सल्लाहकार शहदेव गौतम रहनु भएको थियो । अतिथी को रुपमा जन संपर्क समिती ,प्रवासी नेपाली मंच , जन प्रगतिशिल मंच , चितवन समाज , गुरुङ समाज , मगर संघका अध्यक्ष तथा प्रतिनिधि उपस्थित उक्त औपचारिक समारोहमा आयोजक समिती का सदस्य भक्त राज भुसाल ले स्वागत मन्तब्य राख्नु भएको थियो साथै कार्यक्रम सन्चालन समितिका सह-सम्योजक सन्तोष श्रेष्ठले गर्नु भएको थियो ।
    दोश्रो चरणको साँस्कृतिक कार्यक्रम सन्चालन बिष्णु रिजाल तथा सितल भुर्तेल (भुषाल)ले गर्नु भएको थियो । स्थानिय कलाकार तुल्सी सिवकोटी को प्रस्तुती बाट शुरु भएको सांस्कृतिक कार्यक्रममा अन्य स्थानिय कलाकार राजेन्द्र लम्साल तथा तेन्जीका प्रस्तुती रहेका थिए । नेपाल देखी आउनु भएका कलाकार द्व्य पशुपती शर्मा तथा रिता थापा का एकल तथा दोहोरी का दम्दार प्रस्तुती रहेका थिए भने हांस्य कलाकार मनोज गजुरेल को कमेडी अन्तर्वाता तथा एकल प्रहसन ठट्यौली को भाषामा अत्यान्त मार्मिक ब्यङ रहेको थियो ।
    कार्यक्रम तयारी र सम्पन्न हुँदा सम्मका विवरण आयोजक समितिका सह-सम्योजक ले उपलब्ध गराए अनुसार निम्नानुसार रहेको छ :
    आयोजक समितीमा सम्योजक – निरज कुमार पोख्रेल, सह – सम्योजक –  सन्तोष श्रेष्ठ,सदस्यहरु: भोला लमिछाने, बिष्णु रिजाल, राजु थापा, तुल्सी सिवकोटी,भक्त राज भुसाल, बसन्त रेग्मी, प्रकाश भट्टराई, सुनिल रानाभाट, सुजन,सितल भुर्तेल, हरी बि क रहनुभएको छ ।
    अर्थिक सहयोग : चिन्तामणी सापकोटा – हलको आधा खर्च, एक राज गिरी – १०१, दीपक खरेल – १०१, सन्तोष श्रेष्ठ – ५१, जिबन भुसाल – ५१, बेद राम कंडेल – ५१, निरज कुमार पोखरेल -५१, लगयत अन्य थुप्रै नेपालीहरुको सहयोग रहेकोमा कार्यक्रमको सम्पूर्ण हिसाब-किताब भए पश्चात उप्लब्ध गराउने बतायिएको छ ।
    साथै कार्यक्रमको आम्दानी खर्च मुल्याङ्कन तथा फर्स्योट गरी एन आर एन कल्याणकारी परोपकारी कोष रकमान्तर गरिएको रकम को यथार्थ जानकारी र पारर्दर्शी गर्न गराउन एक राज गिरी , दीपक खरेल एव चिन्तामणी सापकोटा सम्मिलित समिती गठन गरिएको छ ।
    photo (3) photo (6) photo (4) photo (5)
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु