• बुद्धको काखमा पोखियो थरी थरी सँस्कृति

    म्यूजिक खबर
    प्रकाशित: १८ फाल्गुन २०७१, सोमबार

    लुम्बिनी । शान्ति, सदभाव र एकताको सन्देश लिएर मोफसल यात्रामा निक्लिएको नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आईतारबार लुम्बिनीमा ‘राष्ट्रिय साँस्कृतिक मेला–२०७१’ आयोजना ग¥यो ।
    सो प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र उपकुलपति शम्भुजीत बासकोटाले च्याबु्रङ बजाएर मेलाको उद्घाटन गरे । नेपाल साँस्कृतिक रुपमा धनी भएको र देशको विविध सँस्कृति सबैतिर फैलाउन यो मेला आयोजना गरिएको नेपाल नाट्य तथा सँगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बताए । प्रतिष्ठानका उपकुलपति शम्भुतीज बासकोटाले सिताको पवित्र जन्मभूमि जनकपुर र भगवान बुद्धको पबित्र जन्मभूमि लुम्बिनीबाट देशभर शान्ति र एकताको सन्देश दिन दुई ठाउँमा साँस्कृतिक मेला आयोजना गरेको बताए । बासकोटाले बिना सँगीत भए पनि दर्शकको आग्रहमा शनिबारको दिन…, आच्छा लेकिन, चट्ट रुपमा क्या मालुम…सहितका गीत पनि सुनाए ।
    कार्यक्रममा गायक सत्यराज आचार्यले जहाँ छन बुद्धका आँखा…गाउँदा दर्शकले हात हल्लाएर गीतमा साथ दिए । उनले साँझ पख बतास चल्यो…गीत पनि गाए ।
    लगत्तै मञ्चमा उत्रेका स्वरुपराज आचार्यका गीतमा पनि दर्शकले उत्तिकै मज्जा लिए । उनले यती धेरै मायाँ…, मर्ने कसैलाई रहर हुँदैन…, यि आँखामा तिमी छौ…गीत र्गाउँदा दर्शक निरन्तर नाच्न र उनीसँगै गाउनमा व्यस्त रहे ।
    यी कलाकारले राष्ट्रिय भावनाले ओतप्रोत आधा दर्जन गीतमा पनि नृत्य गरेका थिए । उनीहरुले रँगिबिरँगी फुलहरु…, शान्ति तिमी फर्किआउ…, मेरो शिरमा टोप…लगायतका राष्ट्रिय भावनाले ओतप्रोत गीतमा नृत्य गरे ।

    IMG_0417
    गायिका मिलन अमात्यले श्लोली श्लोली…, गाला रात्तै..जस्ता गीत गाएर दर्शकलाई नचाईन । गायिका झुमा लिम्बुले हाक्पारे गीत तथा कता हिँडिरहेछ…लगायतका गीत सुनाईन् । जुना प्रसाईले प्रस्तुत गरेको गैरी खेतको शिरै हान्यो…सहितका गीतमा पनि दर्शकले मनोरञ्जन लिए ।
    अर्का गायक सँजय तुम्रोकले यो गाउँको ठिट्टो म…गाउँदा तन्नेरी देखि बुढासम्म ठिट्टो बन्दै नृत्य गर्न भ्याए । यस्तै गायक कल्याण आलेले बिहानी मिर्मिरेमा…जस्ता लोक गीत गाउँदा पनि दर्शकलाई मनोरञ्जन दिए ।

    IMG_0452
    मेलामा कलाकारले मेची देखि महाकालीसम्मका विभिन्न जातजाति, भाषाभाषीको नृत्य प्रस्तुत गरेका थिए । राजधानीबाट गएका नृत्य कलाकारले स्थानीय दर्शकलाई ध्यानमा राखेर आफ्ना नृत्यहरु प्रस्तुत गरे । उनीहरुले मुजरा नृत्य, गन्नेकी खेतमे…गीतमा भोजपुरी नृत्य, नजिकिँदै गएको फागु पूर्णीमाको आभाष दिलाउन होली नृत्य प्रस्तुत गरे ।
    यस्तै उन्नती बोहरा शिलाको चर्चित गीत शान्ति तिमी फर्की आउ…मा भिक्षु बनेर कलाकारले नृत्य गर्दा कार्यक्रम हेर्न आएका लुम्बिनीका भिक्षुहरुले पनि खुसीले ताली बजाए । राष्ट्रिय भावनाले ओतप्रोत गीत रँगि बिरँगी फुल…, मेरो टोपी…गीतमा पनि दर्शकले नृत्य कलाकारलाई तालीले साथ दिए ।
    कार्यक्रममा सुदुर पश्चिमको हुड्केली, मध्य पश्चिमको थकाली, हिमालको शेर्पा, पहाडको काठमाडौं उपत्यकाको लाखे तथा पूर्वी नेपालको च्याबु्रङ नृत्यले सिँगो देशको साँस्कृतिक झलक त्यहाँ दर्शकले देख्न पाए ।

    IMG_0315 IMG_0307 IMG_0323 IMG_0409 IMG_0435 IMG_0374

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु