• बुद्धिकृष्ण र प्रदीपलाई अमेरिकी सहयोग

    म्यूजिक खबर
    प्रकाशित: ३ श्रावण २०७२, आईतवार

    काठमाडौं । पक्षघातबाट थला परेका लोकगायक बुद्धिकृष्ण लामिछाने र दुवै मृगौला फेल भएका चरित्र अभिनेता प्रदीप सिंहलाई अमेरिकामा बस्ने नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघले आर्थिक सहयोग उपलब्ध गराएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटाको हातबाट सहयोग प्रदान गरिएको हो । संघले लोकगायक लामिछानेलाई एक लाख रुपैयाँ र अभिनेता सिंहलाई पचार हजार रुपैयाँ प्रदान गरेको हो । त्यस्तै सिंहको थप उपचारका लागि ललितपुरको बीएफबीएस रेडियोका निर्देशक योजराज राईले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।
    संघले दुई नेपाली कलाकार, भूकम्पपीडित नेपाली कलाकार तथा रंग पत्रकारलाई संघका तर्फबाट सहयोग प्रदान गर्न प्रतिनिधिका रुपमा आफूलाई पठाएको बताउँदै संघका अध्यक्ष गम्बु शेर्पाले संघले गर्दै आएको सहयोगबारे जानकारी गराएका थिए । संघले विदेशमा रहेर पनि नेपाली कलाकारको हक हितमा संघ क्रियाशील रहेको उनले बताए ।

    dabbu chhetri

    सोही अवसरमा आफ्नो अमूल्य स्वर दिएर नेपाली संगीतको विकासमा योगदान पु¥याएको भन्दै गाकय लामिछाने र चलचित्रमा अभिनयबाट नेपाली चलचित्रमा उद्योगमा पु¥याएको योगदानको मूल्यांकन गर्दै अभिनेता सिंहलाई नेपाली–अमेरिकन कलाकार संघका तर्फबाट सम्मान पनि गरिएका थियो । सो सम्मान उपकुलपति बाँस्कोटा र संघका अध्यक्ष शेर्पाल्ऽे प्रदान गरेका थिए ।
    कार्यक्रममा लोकगायक कृष्ण कँडेल र सञ्चारकर्मी एवं कलाकार सरोज केसीको पहलमा गायक लामिछानेको उपचारका लागि देश–विदेशबाट सहयोग जुटाइएको कार्यक्रममा जानकारी गराइएको थियो । लामिछानेको उपचार अभियानमा समाचारमार्फत सहयोग पु¥याएको भन्दै विभिन्न सञ्चारकर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
    कार्यक्रममा भूकम्पमा ज्यान गुमाएका किबोर्डिस्ट विनयदेव पाण्डेकी पत्नीलाई संघका तर्फबाट अध्यक्ष शेर्पाले राहतस्वरूप १ लाख रुपैयाँ प्रदान गरेका थिए । संघका तर्फबाट सोही कार्यक्रममा भूकम्पपीडित कलाकारहरू राजु भुजेल र दिपेन शाहलाई संस्थागत रूपमा जनही ३० हजार रुयैयाँ र भूकम्पबाट घर भत्किएका सञ्चारकर्मी डब्बु क्षत्रीलाई ३० हजार र कुवेर गिरीलाई २० हजार रुपैयाँ व्यक्तिगत तर्फबाट अध्यक्ष शेर्पाल्ऽे राहतस्वरूप आर्थिक सहयोग गरेका थिए ।

    saroj khanal
    कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले संघले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सामाजिक सेवामा पु¥याएको संघको योगदानको खुलेर प्रशंसा गरेका थिए । सो अवसरमा अभिनेता सरोज खनाल, गायक सीताराम पोखरेल, कार्यक्रम आयोजक थ्रीजी साउन्डका प्रबन्ध निर्देशक थिन्ले शेर्पालगायतले गायक लामिछानेको योगदानको चर्चा गरेका थिए ।

    saroj

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु