• बेलायत उड्ने क्रममा अनिललाले भनिन् – ‘नजरभन्दा पर नजानु है’

    म्यूजिक खबर
    प्रकाशित: ५ माघ २०७२, मंगलवार

    गायिका अनिला राईको अर्को गीतको म्युजिक भिडियो रिलिज भएको छ । ‘स्वरांकन’ एल्बमको ‘मेरो नजरभन्दा पर नजानु है सानु’ गीतको म्युजिक भिडियो यु–टयुबमार्फत सार्वजनिक गरिएको हो । अनिलाकै शब्दरचना रहेको यस गीतमा संगीतकार ताराप्रकाश लिम्बुले स्वरमा गायिकालाई साथ दिएका छन् ।

     

    मिलन चाम्सको निर्देशन रहेको ‘मेरो नजरभन्दा पर नजानु है सानु’.’ भिडियोमा फिचरिङ बेनिशा हमालको रहेको छ । ‘स्वरांकन’ गायिका अनिलाको पछिल्लो एल्बम हो । केही साताअघि मात्र यो एल्बम सार्वजिनक गरिएको थियो । यसअघि यसै एल्बमको ‘आँखाभरी…’ बोलको भिडियो रिलिज भइसकेको छ । ‘स्वरांकन’ रुबुशा क्रियटिभ वर्कसले ल्याएको हो ।

    Anila Rai (2)

    एक दशकदेखि बेलायत बस्दै आएकी अनिला एल्बम ‘स्वरांकन’ निकाल्नकै लागि नेपाल आएकी हुन् । उनी आज (मंगलबार) बेलायत फर्कँदैछिन् । बेलायतमा रहेपनि नेपाली गीतसंगीतलाई निरन्तरता दिने अनिलाले बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु