• बेल्जियममा गुन्जिए ‘सत्य स्वरुप‘

    म्यूजिक खबर
    प्रकाशित: ३ भाद्र २०७१, मंगलवार

    काठमाडौं, ३ भाद्र । बेल्जियमको शैक्षिक शहर लुभेनमा सत्य स्वरुप सांस्कृतिक साँझमा गुन्जिएका छन् । सांगितिक यात्राको क्रममा युरोपमा रहेका नेपाली कलाकारद्वय सत्यराज तथा स्वरुपराज आचार्यले कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले कार्यक्रममा जहाँ छन् बुद्धका आँखा, बल गरेर त्यो मन यता, जहाँ तिमी, धेरै माया दिँदा रहेछन, जस्ता थुप्रै राष्ट्रिय तथा आधुनिक गीत गएका थिए । कार्यक्रममा युरो नेपाल कलाकार संघ बेल्जियमका कलाकारले पनि उनीहरुलाई साथ दिएका थिए । सत्य—स्वरुपसँगै स्थानीय कलाकार शिलु शाक्य, मोनालिसा पोखरेल र जेनी कुँवरले पनि नृत्य प्रस्तुत गरेका थिए । दुई सयभन्दा बढी दर्शकहरुको उपस्थितिमा आयोजना गरिएको उक्त सांगीतिक साँझमा नेपाली चलचित्रका नायक स्व श्रीकृष्ण श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रम समेत गरिएको थियो । लुभेन स्थित नेपालीहरुको आयोजनामा सम्पन्न कार्यक्रमको संयोजन भने युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङ र चितवन सहायता कोषका अध्यक्ष तथा संघका सल्लाहकार पार्वती अधिकारीले गरेकी थिइन । नेपाली कलाकार तथा कलाको सम्मानमा कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै संघका अध्यक्ष गुरुङले टिकटबाट बचत भएको ३५० युरो परोपकारी कार्यमा खर्च गरीने बताएका छन । यो पैसा नेपालका बाढीपीडितहरुको सहयोगको लागी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारीमा छौ सल्लाहकार पार्बती अधिकारीले बताइन् । नेपाली भाषा,कला र संस्कृति नै नेपालीहरुको पहिचान भएकोले यसको संरक्षण, सम्बद्र्धनमा सधै क्रियाशील रहनु पर्ने बताउँदै यस्ता कार्यक्रमको आयोजना गरिएको गुरुङले बताएका छन ।

    10419420_676957245716350_1796643779283642077_n

    satya sworoop

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु