• बोकेदारीले ल्याए रमाइलो एवं सन्देशमुलक गीत ‘झापा सुरुङ्गा’ हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १५ चैत्र २०७४, बिहीबार

    चैत्र १५, काठमाडौं । लोकप्रिय कमेडी तथा चेतनामुलक गीति गायनका गायक श्रीकृष्ण लुईंटेल बोकेदारी पुनः एकपटक सामाजिक चेतना मुलक गीत झापा सुरुङ्गाका साथमा आएका छन । उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन ।

    झापाको सुरुङगामा भर्खरै खुलेको पार्क ह्यापि ल्याण्ड फ़नपार्क (सेल्फ़ी डाडा) मा छायाँकन गरीएको भिड़ीयो विवाहको लागी अर्काको छोरी लिन आउँदा छोरी मात्र लिने बिश्वाशका साथमा आउँ र जीवन छोरी सँग बिताउने हो दाईजो सँग होईन भन्ने मुल नारा बोकेको उक्त गीतको म्युजिक भिडियो पनि अत्यन्तै सन्देशमुलक रहेको देख्न सकिन्छ ।

    दिपेश प्रसाईंको शब्दलाई कृष्ण भन्डारीले सङ्गीत गरेको झापा सुरुङ्गा बोलको गीतमा स्वर श्रीकृष्ण लुईंटेल (बोकेदारी) को सुन्न सकिन्छ। रावण एल्बममा समावेश उक्त गीतको बजार ब्यवस्थापन भाईब्स कृयसनको रहेको छ ।

    गीतको भिडीयो हेर्नूहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु