• भ¥यो लालीगुराँस । रहेनन् गीतकार अधिकारी

    म्यूजिक खबर
    प्रकाशित: १ बैशाख २०७१, सोमबार

    काठमाडौं, ३० चैत । म त लाली गुराँस भएछु बोलको गीत लेख्ने गीतकार क्षेत्रप्रताप अधिकारीको निधन भएपछि लाली गुराँस झरेको छ । अर्थात् उनको निधनले एक युगको अन्त्य भएको छ । हृदयघातपछि गंगाललाल अस्पताल पु¥याएका उनको आइतबार साँझ निधन भएको छ । अधिकारीलाई शनिबार अचानक हृदयाघात भएपछि अस्पताल पु¥याएको थियो । उनको उपचारकै क्रममा आइतबार बेलुकी ८ बजे अस्पतालले उनलाई मृत घोषित गरेका थिए ।
    स्वर सम्राट नारायण गोपाले गाएको ‘म त लाली गुराँस भएछु’, गोठालो जाँदा लाएको माया, समयको खोला जिन्दगी, जिन्दगीमा, तिम्ले त हैन, जस्ता चर्चित गीतका स्रष्टा अधिकारीका थुप्र्र राष्ट्रिय गीत तथा कविताका प्रकाशित छन् । कुनै जमानामा साझा यातायात वसका कण्डक्टरसमेत रहेका अधिकारीका गीतमा नारायण गोपाल, बच्चुकैलाश, कुन्ती मोक्तानलगायतका गायक÷गायिकाले स्वर दिएका छन् । हिट्स एफएम लाइभटाइभ अचिभमेन्ट अवार्डजस्ता थुप्रै अवार्ड र सम्मानहरु पाइसकेका अधिकारीले कालजयी गीतहरुका सिर्जना गरेर संगीत उद्योगलाई ठूलो योगदान पु¥याएका छन् ।
    अधिकारीले मृत्युपछि आफ्नो शवलाई दान दिने निर्णय गरेका थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उनले शरीर दान गरेका थिए । पञ्चायतकालमा शिक्षा सहायकमन्त्रीसमेत भएका ७२ वर्षीय अधिकारीका दुई छोरा छन् ।
    उनको वायोग्राफीलाई तल प्रस्तुत गरिएको छ ः

     

    [youtube]https://www.youtube.com/watch?v=yCVRypQ0kPk[/youtube]

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु