• भव्य रुपमा सम्पन्न हुँदै लोकदोहोरी अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: १८ भाद्र २०७१, बुधबार

    काठमाडौं, १८ भाद्र । लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजनामा हुन गइरहेको तेश्रो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७१ यही भाद्र २० गते सम्पन्न हुन गइरहेको छ । गत मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी समन्वय समितिले अवार्डको अन्तिम तयारीमा रहेको बताउँदै नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयबाट लोकदोहोरी अवार्डलाई मूर्त रुप दिन लागिएको बताएको थियो । समन्वय समितिका अध्यक्ष शिव हमालले पत्रकार सम्मेलन गर्दै लोकदोहोरी अवार्डको अन्तिम तयारीमा जुटेको बताउँदै आफ्नो स्थापनादेखि हालसम्मका गतिविधिलाई प्रेस विज्ञप्ति जारी गर्दै प्रष्ट पारेका थिए । हमालले विभिन्न आरोह अवरोहका बाबजुद पनि लोकगीत क्षेत्रको विकासका निम्ति आफूहरुले लोकदोहोरी अवार्डको आयोजना गर्दै आएका बताए । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बद्री पंगेनी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, लोकसंचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपाल, प्रतिष्ठानका बाग्मती अञ्चल कार्यसमितिका सल्लाहकार राजु बजाज लगायतको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा अतिथिहरुले अवार्ड सफलताको शुभकामना दिएका थिए । अवार्डको पूर्ण समर्थन रहेको जनाउँदै अतिथिहरुले अवार्डका माध्यमले स्रष्टा र सर्जकहरुलाई अझ क्रियाशील बनाउने बताएका थिए । भाद्र २० गते शुक्रबारका दिन हुन गइरहेको अवार्ड विभिन्न १९ विधामा प्रदान गरिने भएको छ भने पत्रकारिता पुरस्कार, लाइफटाइभ अचिभमेन्ट अवार्ड, सदाबहार गीत, दशकका गायक जस्ता सम्मानको कार्यक्रम पनि रहेको जानकारी गराइएको थियो । कार्यक्रम समन्वय समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण आँसुले संचालन गरेका थिए ।

     तस्वीर : दीप विमली

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु