• भिक्ट्री गुन्जाउँदै एज ब्यान्ड

    म्यूजिक खबर
    प्रकाशित: ७ असार २०७३, मंगलवार

    पप संगीतको चार्म भएका बेला थुप्रै गायक गायिका र ब्यान्ड जन्मिए । तर चार्म हराएसँगै उनीहरु पलायन पनि भए । अहिले पप संगीतको चार्म छैन तर केही गायक गायिका र ब्यान्डले भने आफ्नो चार्म गुम्न दिएका छैनन् । यस्तै एउटा ब्यान्डमा पर्छ ‘एज ब्यान्ड’ ।

    Final_01-2
    हरेक महिना दरबारमार्गस्थित भिक्ट्री लन्जमा गायक गायिका तथा ब्यान्डलाई प्रस्तुत गर्दै आएको फेम नेपालले जुन महिनाको अन्त्यमा रक ब्यान्डको रुपमा स्थापित यही एज ब्यान्डलाई प्रस्तुत गर्ने भएको छ । ‘लाइभ म्युजिकल एरा २०१६’ शीर्षकमा भिक्ट्रीको मञ्चमा गायक गायिका तथा व्यान्डलाई प्रस्तुत गर्दै आएको फेम नेपालको यो ५ औं शृंखला हो । यसअघि विपुल क्षेत्री, सबिन राई, राजु लामा, दीपक बज्राचार्यले आ आफ्ना ब्यान्डका साथ गीत प्रस्तुत गरिसकेका छन् । एज ब्यान्डले सोही मञ्चमा आउँदो २५ जुनमा आफ्ना गीत प्रस्तुत गर्नेछ ।

    IMG_6233
    सन् १९९८ मा पोखराका ५ जना साथीहरुले स्थापना गरेको ब्यान्डले सन् २००२मा पहिलो गीत सार्वजनिक गरेर नेपाली संगीत क्षेत्रमा पाइला चालेको थियो । पहिलो एल्बमकै ‘मेरो आँशु’ शीर्षकको गीतले बजार पिटेपछि एज ब्यान्डले पछाडि फर्कनु परेन । ‘रक’ शैलीका गीत बनाउने एज ब्यान्ड पोखरा तिरका कन्सर्टमा अनिवार्य मानिन्छ । कन्सर्टका लागि हङकङ, थाईल्यान्ड, दुबई जस्ता ठाउँ पुगिसकेको एज ज्यादा जसो समय भने पोखराको लेक साइड स्थित आफ्नै बारमा लाइभ संगीत प्रस्तुत गर्दै गरेको भेटिन्छ । ब्यान्डमा जीवन गुरुङ (भोकल), विष्णु गुरुङ (लिड गिटार), सन्दिप बिके (बेस), अल्बिन परियार (रिदम) र गणेश राई गरी ५ सदस्य रहेका छन् ।

    IMG_5498
    एजका ‘नचिनेको होइन तिमीलाई’, ‘सम्झिने मुटु’, ‘प्रयास’, ‘थाहा छैन’, ‘यो दिल मेरो’ जस्ता गीत लोकप्रिय छन् । सांगीतिक कार्यक्रम बेलुकी ७ बजेबाट सुरु हुनेछ भने कार्यक्रममा डिजेहरुको पनि प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागिताका लागि ईच्छुकले हजार रुपैंयाको टिकट लिनु पर्नेछ ।

    IMG_6238 IMG_6236 IMG_6234 IMG_6232 IMG_6231 IMG_5500 IMG_5496 IMG_5493

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु