• भिमुले भनिन् “मार्सी धान झुल्यो”

    म्यूजिक खबर
    प्रकाशित: १५ आश्विन २०७२, शुक्रबार

    बैकुण्ठ गिरी । पर्वत


    नेपाली लोक साँङ्गगितीक क्षेत्रको लागि आशा लाग्दो नाम हो भिमु गुरुङ्ग । स्याङजा जिल्ला ग्रामीण क्षेत्र केवरे भन्ज्याङ्गमा जन्मिएर लोक संगीतको क्षेत्रमा यो स्तरको चर्चा कमाउनु उनको लागि सामान्य कुरा होईन । तर उनी यस्तो शिखरमा छन् कि आजभोली लोकसंगीतमा आउने मानिस जो कोहि भिमु हुन चाहन्छन् यो उनको सफलताको लागि अर्को एउटा काम पनि हो ।
    सानै उमेरदेखि लोक लोकसंगीतमा लाग्न चाहने उनी अहिले नेपालको चल्तीको गायिकाको रुपमा चिरपरिचित छन् । नेपालमा लोकसंगीतको क्षेत्रमा महिला लाग्नुलाई राम्रो मानिदैथ्यो तर उनी जनजाति समुदाय गुरुङ्गको छोरी भएको हनाले लोक संगीत क्षेत्रमा आउनलाई त अप्ठ्यारो परेन तर यो क्षेत्रमा लागेर गरेको संघर्ष भने निकै भएको बताइन् । उनी भन्छिन् म सानैदेखि गाँउमा हुने विवाह, रोधी तथा अन्य कार्यक्रमहरुमा भाग लिन्थे यसकारण पनि मलाई सहज भयो । घरमा बाबा ममी लगायत आफ्ना अभिभावकको सहयोग मेरो लागि सफलताको अर्को शिखर भयो ।

    12067901_871053039680600_625295954_n
    भिमु निरन्तर यस्तो सफल यात्रामा लागिन् कि जसकारण उनलाई एक पछि अर्को सफलता हासिल हुँदै गइरहेका छन् । भिमुलाई बजारमा हिट गायिकाको रुपमा हेर्नेगर्छन् सहकर्मीहरु पनि । उनी भन्छिन जहाँ जुन क्षेत्रमा लागिन्छ इमान्दार भएर लागियो भने सफलता आफु खोज्दै पछ्याएर आउँदोरहेछ ।
    लोकसंगित क्षेत्रमा महिलालाई हेर्ने दृष्टिकोण अलि फरक छरे नि भन्ने हाम्रो प्रश्नमा उनले भनिन् पहिला पहिला के थियो त्यो त मलाई थाहा भएन तर अहिले त्यस्तो केहि नभएको र महिला तथा पुरुष कलाकार समान भएको बताईन् उनले थपिन्– मलाई यो क्षेत्रमा मेरो दाई अर्जुन गुरुङ्गले सर्पोट गर्नुभयो जुन महिले कहिल्यै बिर्षन सक्दिन ।

    marsi dhan
    भिमु गुरुङ्ग लोकसंगित क्षेत्रमा लागेको त अहिले ७÷८ बर्ष मात्रै भएको छ तर उनले गीत भने दर्जन भन्दा बढी गाईसकेकी छन् । दिवान किनारको लय÷शब्दमा झिम झिम सानु भाग–२ “टिपौं कि फुल ट्यापै” बाट आफ्नो यात्रा शुरु गरेकी गुरुङ्ग अहिलेसम्म दर्जनौ गीतहरु बजारमा छन् जस्तै भने उनले केहि समय अगाडी गाएको गीत “भेट भो रोधीघरमा” ले पनि उनलाई चर्चाको अर्को शिखरमा पु¥याएको छ । उनलाई स्टेज तताउन सफल गायिकाको रुपमा पनि चिनिन्छ । नेपालमा ४०÷५० वटा जिल्लामा स्टेज कार्यक्रम गर्न गएकी उनी बिदेशका पनि कयौ ठाउँमा पुगेकी छन् । उनी अहिले भने जापानमा कार्यक्रममा ब्यस्त रहेको बताईन् ।
    हालै भने उनले आर. के. गुरुङको शब्द संगितमा सालैजो भाकामा गीत लिएर आएकी छन् । गीतले अहिले बजार तताईरहेको छ । केही समयअघि मात्रै युवटुवमा रिलीज गरेको गीत हेर्नको सङख्या पनि निरन्तर बढ्दै गएको छ । गीतमा आरकेको लय शब्द रहेको छ भने निर्भाना कलाकेन्द्रले यसको बजार प्रबद्र्धन गरेको छ ।

    “मार्सी धान झुल्यो बेसीको खेतमा सालैजो कोदो फुल्यो पाखैमा
    जहाँ गए पनि के भनु माया सालैजो तिम्रै झल्को आखैमा
    बरैको छायाँ के भनु माया सालैजो तिम्रै झल्को आखैमा
    पाए हुन्थ्यो टिपेर लान फुल सरी मायाको जोवन
    मलाई पनि संझना अति बसौं कित गासेको पीरती”


    जस्ता शब्दले गितलाई निकै मनोरन्जनात्मक बनाएको छ भने माया पिरती पनि उत्तीकै महत्व दिएको गितका संगितकार आर.के. गुरुङ्गले बताए । गीतको भिडियोमा याम गुरुङ्ग, आर.के गुरुङ्ग, रिना थापा मगर र सिमा गुरुङ्गको अभिनय रहेको छ भने भिडियोलार्ई निर्देशन याम गुरुङ्गले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु