• भीषणको चन्द्रमुखी सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ असार २०७१, बिहीबार

    काठमाडौं, १२ असार । गायक भीषण मुकारुङ गीति एल्बम ‘चन्द्रमुखी’ लिएर श्रोतामाझ आएका छन् । एल्बमको गत सोमबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा बरिष्ठ संगीतकार अम्बर गुरुङले विमोचन गरेका हुन् । गायक मुकारुङको यो चौथो एल्बम हो । सेवा इन्टरटेन्मेन्टले श्रोतामाझ ल्याएको एल्मबमा जम्मा नौ वटा गीत छन् ।

    bhishan
    एल्बममा चन्द्रमुखी, विनायोमा, अँधेरीमा जुन फुल्दा, तिमीलाई देखे, भुलेर तिमीलाई, आँखामा आँखा, कोही उदास, पिरतीको डोरी र हामीले नगरे बोलका गीत छन्, जसमा बसन्त थाम्सुहाङ, जीवन मुकारुङ, नविन दाहाल, कुमार विवाहित, जाङ्बु शेर्पा, प्रभा आचार्य, शुभ मुकारुङ, कुल रुङमाङ र दिनेश वान्तवाको शब्दरचना छ भने पारस मुकारुङ, भीषण राई, महेश खड्का, सुरेश अधिकारी, बसन्त सापकोटा, बलराम समाल र दिनेश वान्तवाको संगीत रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु