• भुकम्प पीडितका लागि सांस्कृतिक कार्यक्रम

    म्यूजिक खबर
    प्रकाशित: ३१ जेष्ठ २०७२, आईतवार

    दीपेन्द्र घिमिरे, युएइ
    भुकम्प पीडित नेपालीको सहयोगार्थ युएईको आवुधावीमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार, जुन १२ मा आयोजित भएको उक्त च्यारिटी इभेन्टमा तीन हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा करिब एक दर्जन कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए । नेपाली राजदुतावासको अगुवाईमा युएईमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा महानायक राजेश हमालको नेतृत्वमा आएको नेपाली कलाकारहरुको समुहले निःशुल्क प्रस्तृति दिएका थिए ।

    कार्यक्रममा महानायक राजेश हमाल, हमाल पत्नि मधु भट्टराई हमाल, हास्य कलाकारद्वय दिपकराज गिरी र दिपाश्री निरौला, पप तथा लोक गायक तिलक बम मल्ल, लोक तथा दोहोरी गायक इन्द्र जिसी, गायिका सम्झना लामिछाने, पप गायीका प्रजिता गेलालका साथै अहिलेकी चर्चित पप गायीका आस्था राउत लगायतले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा डिआईडि लिटल च्याम्प सिजन ३ को विजेता तेरिया मगरले पनि आफ्नो प्रस्तुति राखेकी थिईन् । राजदुत धनन्जय झाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा युएईमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    UAE Program
    कार्यक्रमबाट उठेको सम्पूर्ण रकम भुकम्प पीडित नेपाली जनताको लागि दुतावासको रहोवरमा प्रधानमन्त्रि राहत कोषमा पठाईने कार्यक्रमका संयोजक कृष्ण भुषालले जानकारी दिएका छन् । कार्यक्रम आयोजक मध्येका एक गायक प्रकाश पौडेलले सोचेभन्दा बढी दर्शकको उपस्थिीतीले कार्यक्रम निकै सफल भएको बताए । चक्र थापा लगायतले सञ्चालन गरेको उक्त कार्यक्रमा बोल्दै महानायक राजेश हमालले नेपालीहरुको यो दुखद घडी भएता पनि यो दुखद घटनाले हामी सबै नेपालीलाई एकताबद्ध भएर देश निर्माणमा अग्रसर हुन प्रेरीत गरेको बताएका थिए । हमालले कार्यक्रममा आफ्नो चर्चित डायलग साथीहरुको लागी यो हात सलाम र दुश्मनहरुको लागि यो हात फलाम भन्दा यो फलामको हात अव देश निर्माणमा प्रयोग गर्न सबैलाई आग्रह समेत गरे ।

    dipak

    त्यस्तै कलाकार दिपकराज गिरीले कतै १०० कतै २००, ५०० र बढीमा १००० दर्शकको विचमा विदेशमा कार्यक्रम हुन्थ्योे र सो कार्यक्रम कुनै एक समाज या कुनै संस्थाले आयोजना गरेको हुन्थ्यो तर यो यो कार्यक्रम सम्पुर्ण नेपाली जनताले आयोजना गरेको र ३००० भन्दा बढी जनसहभागिता देखेर आफु निकै उत्साहित भएको बताए । गिरीले आफु जुन उद्देश्यका साथ युएईमा कार्यक्रमका निम्ति आएको थिएँ त्यो पुरा भएकोमा खुशी व्यक्त गरे । गायक तिलक बम मल्लले यो दुखद घटनाले नेपालीको एकताको भाव विश्वमाझ चिनाएको बताए । आफ्नो नृत्यकलासंगै दिपकसंग एकछिन गफिएका दिपाश्री निरौलाले दिपकराज गिरीसंग आफ्नो रेडियोको चर्चित कार्यक्रम धनिया के दुनियाको केही अंश प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरिन् ।
    तेरियाको नृत्यले झुमेका दर्शकहरुलाई आस्था राउतले चौवन्दिमा पटुकी गाउन थाल्दा नायक राजेश हमाल स्टेजमै पुगेर नाचेका थिए । उनको प्रस्तुतिसंगै गायक तिकल बम मल्लले ट्याक्सी गुड्यो सरर गीत गाउदै दर्शकको ध्यान आफुमा केन्द्रित गरे । उता लोक पारखि दर्शकहरुलाई भने गायक ईन्द्र जिसी र गायीका सम्झना लामिछानेले छमछमी नचाए । पप गायिका प्रजिता गेलालले उमेरै बढ्यो गीतबाट सुरु गरेको सांगितीक कार्यक्रम तिलक बम मल्लको ट्याक्सीमा पोखराको बजार घुम्दै सकिएको थियो ।

    Nepali UAE tilak dipak giri tilak bammalla madhu bhattarai astha

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु