• भूकम्पमा  साहरा 

    म्यूजिक खबर
    प्रकाशित: २२ जेष्ठ २०७२, शुक्रबार

    काठमाडौं । युवा कलाकारहरुले भूकम्पसम्वन्धि म्युजिक भिडियो बनाएका छन् । भूकम्पमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली स्वरुप र अन्य घाइतेपिडितको मनोवल बढाउन सम्पूर्ण नेपालीहरुमा एक आपसमा सहयोग र साहराको भागमा अझ बृद्दी होस भन्ने उद्देश्यका साथ भूकम्प विशेष गितको म्युजिक भिडियो तयार पारेका छन । हेर्नुहोस सुटिंग भिडियो : आधुनिक मेलोडी पप तथा थुप्रै देशभक्त गीतहरुमा स्वर दिइसकेका गायक विपी वाग्लेले यस गितमा स्वर तथा संगित दिएका छन । गायक वाग्लेलार्ई गायिका सुमन गुरुङ पनि साथ दिएकी छन । बनौ साहारा …..बोलको उक्त भिडियो गीत काठमाडौ र ललितपुरका धार्मिक तथा ऐतिहासिक स्थलहरुमा छायाकन गरिएको छ । भिडियोको गीतमा शब्द प्रभाकर पण्डित, एरेञ्ज रिकेश गुरुङको रहेको छ । म्ययुजिक भिडियोमा कलाकारहरु ह्यारी योञ्जन ,दृश्य सुवेदी,विकास लामिछाने,रुद्र वोहरा,दिपक राई रहेका छन भने बालकलाकारमा एल्भिन लामिछाने र कृष्मा बरालले समेत अभियन गरेका छन । अतिथि कलाकारमा डा. भोला रिजालको पनि अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशक युगल पोमो र छायाकन ज्ञानेन्द्र शर्मा हुमागाईको रहेको छ । गोर्खा चौतारी म्युजिक प्रालिबाट बजार व्यवस्थापन गरिने यस म्युजिक भिडियो एक साता भित्र बजारमा आउने भएको छ । यस राष्टिय विपत्तिको घडिमा सस्तो लोकप्रियताको लागि नभएर आफ्नो पेशाप्रतिको धर्म निभाएको गायक वाग्लेले बताए ।

    https://www.youtube.com/watch?v=ogzM_mJdYJU

    IMG_3801

    IMG_3807

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु