• भूपू सिंगापुर पुलिस सुबाशको संगीत मोह

    म्यूजिक खबर
    प्रकाशित: २३ माघ २०७४, मंगलवार

    रामेछापको दोरम्बामा जन्मिएर हुर्केका सुबाश चन्द्र मोक्तान सानै देखि गित संगीत प्रति झुकाव राख्थे। यद्यपी साथिभाइको लहलहैमा रोजगारीका लागि भने उनि सन् १९९९मा सिंगापुर पुलिसमा भर्ति भए। सिंगापुर पुलिसमा भर्ति भएता पनि संगीत प्रतिको उनको मोह भने कायमै थियो।

    फलस्वरुप सुबाशले विभिन्न विधा मध्ये संगीत विधा रोजे नेपालि धुनको पहिचान बोकेको न्याउली बाजा बजाउन सिके। त्यसपछि उनि प्रत्येक पटक बिदामा नेपाल आउदा विभिन्न सांगीतिक कार्यक्रमहरुमा सरिक भएर आफ्नो प्रस्तुति दिन थाले। अझ सन् २००८ देखि त उनि आधिकारिक रुपमा नै नेपालि संगीत छेत्रमा प्रवेश गरेर विभिन्न गितहरुमा संगीत भरेर आफ्नो प्रतिभा प्रस्तुत गरे।  नेपालमा मात्र नभएर सुबाशले जर्मनी, स्कटल्याण्ड, अष्ट्रेलिया लगाएत एक दर्जन भन्दा धेरै देशमा आफ्नो सांगीतिक प्रस्तुति दिसकेका छन्।  नेपालि सांगीतिक क्षेत्रलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याए बापत सुबाशलाइ सिंगापुरमा सिपि कमेन्ड़ेसन् अवार्ड, नेपालमा उत्कृष्ट बाध्बादक इमेज अवार्ड आदि अवार्डहरुबाट सम्मानित भएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु