मनहरी महोत्सवमा अन्जुसँगै झुमे दर्शकहरु

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७३, मंगलवार ०७:५७

माघ २५, काठमाडौं । गीत–संगीत, नृत्य, प्रहसन, हास्यव्यंग्य जस्ता मनोरञ्जक प्रस्तुति सहित यतिबेला मकवानपुरमा तेस्रो मनहरी महोत्सव भइरहेको छ । माघ १६ बाट शुरु भएको महोत्सवमा दैनिक थुप्रै नाम चलेका कलाकारहरुले प्रस्तुति दिंदै आएका छन् ।anju-gautam

यस्तै माघ २४ गते भने पुर्बेली लोकपप गायनमा चम्किएकी लोकप्रिय गायिका अन्जु गौतमले महोत्सवमा धमाका मच्चाएकी छिन् । अन्जुले शिरमा बस्ने फूल हुँ म ओठमा बस्ने लाली , फूलको थुंगा टिपी माला उनें तिमीलाई नै, बसैको ताँती लगायतका गीतहरु गाएर दर्शकलाई झुमाइन् ।anju gautam1

महोत्सवमा अर्का चर्चित लोकप्रिय गायक सुगम पोखरेलले पनि दर्शकलाई उतिकै मनोरञ्जन दिएका थिए भने अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहेको थियो ।anju gautam

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु