• मन्जुको सुपारीको तल्लल चर्चित बन्दै (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २९ कार्तिक २०७२, आईतवार

    काठमाण्डौ । चर्चित गायिका मन्जु पौडेललाई लागेको तलतलको चर्चा यतिबेला चुलिएको छ । उनी यतिबेला तल्तल लागेर आजित छिन् रे । केको तल्तल लाग्यो भनेर सोध्यो भने उनी भन्ने गर्छिन् – ‘तल्तल लाग्यो मलाई सुपारीको तल्लल’ । अनि सुपारीको तल्तल लागे त बजारमा पाइन्छ नि किनेर खाए भैगो नि । नाकाबन्दीले सुपारीलाई त असर गरेको छैन नि भन्दा ‘भोलि भोलि भन्दैछ निष्ठुरी, मलाई भने लाइसक्यो आतुरी तल्तल लाग्यो मलाई तल्तल लाग्यो मलाई सुपारीको तल्तल लाउनेले माया लाइहाल्छ नलाउनेले छलफल भन्दै गुनगुनाउँछिन् ।

    आखिर कुरो त गीतको पो रहेछ । गायक राजु परियारको साथमा पौडेलले स्वर दिएको उक्त गीतको म्यूजिक भिडियो यतिबेला यूट्युबमा लोकप्रिय बन्दै गएको छ । भिडियो सार्वजनिक भएको छोटो अवधिमा ३५ हजार भिवर्स नाघिसकेको उक्त म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् भने दुर्गा पौडेलको छायाङ्कन तथा प्रविन भट्टले सम्पादन गरेका हुन ।

    एकता फिल्मस् प्रालीले दृश्य निर्माण गरेको म्युजिक भिडियोमा स्नेहा र प्रज्वलले अभिनय गरेका छन । उक्त भिडियोको कोरियोग्राफर प्रशान्त तामाङ्ग रहेका छन् । एकनारायण भण्डारीको लय तथा शब्दमा बजारमा आएको उक्त गीतले भने युवा पुष्ताको तलतल मेटाउने कुरामा पौडेल ढुक्क छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु