• मन रुवाउने लघु चलचित्र “परदेशिको ब्यथा” भिडियोमा हेर्नुहोस्

    म्यूजिक खबर
    प्रकाशित: २३ जेष्ठ २०७४, मंगलवार

    जेष्ठ २३, काठमाडौं । उत्कृष्ट सिर्जनाहरु प्रस्तुत गर्दै नेपाली गीत संगीत तथा साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका गीतकार तथा लेखक दीपेन्द्र खड्काले आफुले लेखेको लघु ‘परदेशीको ब्यथा’ सार्वजनिक भएको छ । चलचित्रमा आफै खड्का आफैंले अभिनय गरेका छन् ।

    दिपेन्द्रले लेख्नुभएको “परदेशीको ब्यथा” नामक लघु चलचित्र युटुबमार्फत सार्वजनिक गर्नुभएको छ । लाखौं करोडौं परदेशिएका नेपालीहरुको पीडासँग मेल खाने कथा निकै राम्रो र सन्देसमुलक रहेको हामी उक्त लघु चलचित्रमा हेरेपछि थाहा पाउन सक्नेछौ।

    कथाले दिन खोजेको मुल सन्देश वा कथाको मुल्ल आसय भनेको विदेशमा गइसकेपछि जति दुख पिडा भएँ पनि बैधानिक रुपले काम गरिरहेको कम्पनीलाई छोडेर अवैधानिक भएर कामगर्ने सोच बनाएर आफ्नो कम्पनीदेखि भाग्नु हुँदैन, बाहिर गईसकेपछि धेरै दुख पाईन्छ भन्ने रहेको छ।

    लघु चलचीत्र लाई साउदीको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ भने लघु चलचित्रमा निर्देशक र क्यामेरामेन र सम्पादन भुम बुढा को रहेको छ । लेखक दिपेन्द्र खड्का लगायत, जय भट्ट, सुवाश बिसुन्के र अब्धेस शाह लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

    हेर्नुहोस् भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु