• ममता र गणेशलाई टिका गोपाल संगीत छात्रबृत्ति

    म्यूजिक खबर
    प्रकाशित: ३ माघ २०७३, सोमबार

    माघ ३, काठमाण्डौं । गायक कन्हैया सिंह र गायिका अन्जना गुरुङद्वारा स्थापना गरिएको म्यूजिक कम्पनी ‘टिका गोपाल डिजिटल एम क्रियसन प्रा. लि.’ ले, गायक कन्हैया सिंहका स्वर्गिय माता पिता टिका माई परियार र गोपाल सिंह परियारको स्मृतिमा “टिका गोपाल संगीत छात्रबृत्ति कोष“ को स्थापना गरी ममता थापा र गणेश श्रेष्ठलाई छात्रवृत्ति उपलब्ध गराएको छ । दाङकी ममता र सर्लाहीका गणेशलाई उक्त छात्रवृत्तिबाट एक वर्षका लागि संगीत शिक्षा प्रदान गरिएको छ । गायक सिंहकी बहिनी र कम्पनिको बजार ब्यवस्थापन सम्हालिरहेकी कोषको संयोजक गीता परियार र प्रमुख छनौट समितिका दुइ निर्णायक संगीतकार सन्तोष श्रेस्ठ र गीतकार एवम् पत्रकार सुमन बैरागीको निर्णयले ममता र गणेशलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।

    geeta pariyar_santosh_suman
    गायनमा सम्भावना भएका संगीत क्षेत्रमा केहि गर्न सक्ने तर आर्थिक अभावका कारण खुम्चिनु परेका युवा युवतीलाई छात्रवृत्ति दिने उद्देश्यले यस कोषको स्थापना गरिएको गायक सिंहले बताए । आफ्ना मातापिताको सम्झनामा समाजसेवाको भावनाअनुसार यस कोषले संगीतको क्षेत्रमा वर्षमा दुई जनालाई निःशुल्क संगीत अध्ययनको वातावरण मिलाइदिने र नयाँ प्रतिभालाई उर्जा प्रदान गर्दै संगीतको क्षेत्रमा उनीहरुको भविश्यलाई मार्गदर्शन गर्न यो कोष प्रभावकारी हुने बताइएको छ ।

    teeka gopal
    छात्रवृत्ति पाएका ममता र गणेशले यसै सातादेखि साधना कला केन्द्रमा बारिष्ठ संगीत प्रशिक्षक प्रकाश गुरुङबाट गायन शिक्षा आरम्भ गर्दैछन् । उनीहरुले एक वर्षसम्म संगीत शिक्षा लिनका लागि कुनै शुल्क तिर्नुपर्दैन ।

    mamata_ganesh gita_mamata_ganesh

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु