• मस्कोमा नेपाली छिमेकी

    म्यूजिक खबर
    प्रकाशित: ४ बैशाख २०७१, बिहीबार

    काठमाडौं । बरिष्ठ साहित्यकार गुरुप्रसाद मैनालीद्वारा लिखित बहुचर्चित कथा ‘छिमेकी’ मा आधारित लघु चलचित्र ‘छिमेकी’ डिटेक्टीभ फेस्ट मस्कोमा छनोट भएको छ ।
    अप्रिल ६ देखि २ तारिखसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा ‘छिमेकी’ ले टिभी सिरिज विधाअन्तर्गत सहभागिता जनाएको हो । नेपालका अविकसित पहाडी तथा ग्रामीण जीवनको परिवेशलाई उजागर गरिएको ‘छिमेकी’ को निर्देशन सुभाष गजुरेलले गरेका हुन् । यस डकु फिल्ममा श्याम राई, बालदीप राई, मुकुन्द किशोर भट्टराई, उत्तम केसी, डोमा शेर्पा, कञ्चन राई, पदमप्रसाद पौडेल, बद्री पुडासैनी, प्रताप मल्ललगायतका कलाकारले अभिनय गरेका छन् ।
    सुमन तण्डुकारको छायाँकन, शिव शर्मा र विपिन भाटको सम्पादन तथा कृष्ण ढुंगानाको संवाद परिमार्जन रहेको ‘छिमेकी’ मा विनय पोखरेल, विश्वराम विष्ट र धर्मराज पोखरेलको निर्माण रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु