• महाधिवेशन गर्दै लोक सञ्चारकर्मी । जोशीलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: ६ असार २०७१, शुक्रबार

    काठमाडौं, ६ असार । नेपाली मौलिक कला, संस्कृतिको क्षेत्रमा क्रियाशील रहँदै सञ्चारकर्ममा लागेको संस्था राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तेश्रो महाधिवेशन असार ७ गते शनिबार नेपाल प्रज्ञा भवनमा गर्दैछ । छैठौं वार्षिकोत्सव एवं तेश्रो महाधिवेशन गर्न लागेको लोक सञ्चारकर्मी नेपालले सोही अवसरमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई पनि सम्मान गर्ने भएको छ ।
    नेपाली मौलिक कला, संस्कृति, राम्रा परम्परा, भेषभूषा, लोकबाजा, लोक साहित्य, लोकगीत तथा लोकदोहोरी गीतको संरक्षण, सम्बद्र्धन, प्रचार प्रसार साथै पत्रकार तथा लोक सञ्चारकर्मी र कलाकार स्रष्टा सर्जकहरुको हक अधिकारका लागि २०६५ सालमा स्थापना गरिएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले भोलि तेश्रो वार्षिकोत्सव गर्न लागेको हो । छैठौं वार्षिकोत्सव एवं तेश्रो महाधिवेशनका अवसरमा लोक कला संस्कृतिको बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरिने भएको छ । जसका लागि गायक जयनन्द लामा र संस्कृतिविद् तुलसी दिवले उक्त कार्यपत्र प्रस्तुत गर्ने भएका हुन् ।
    त्यस्तै महाधिवेशनबाट १५ जनाको नयाँ कार्यसमिति पनि चयन गरिने भएको छ । ६ जिल्लामा शाखासमेत गठन गरेको लोकसञ्चारकर्मी नेपालले नयाँ नेतृत्व पाउने भएको अध्यक्ष गोविन्द गिरीले बताए । गिरीले अब नयाँ आउने कार्यसमितिले लोकसञ्चारकर्मीहरुको हक अधिकारका साथै मौलिक कलासंस्कृतिको क्षेत्रमा क्रियाशील भएर लाग्ने विश्वास व्यक्त गरेका छन् ।

    lok sancharkarmi

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु