• माघ २९ मा ब्लु डाइमण्ड स्टार अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: १५ माघ २०७०, बुधबार

    काठमाडौं, १५ माघ । ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड’ साता दिन सरेको छ । यसअघि २१ माघमा हुने भनिएको अवार्ड अब २९ गते सरेको छ । उत्कृष्ट पाँचमा परेका कलाकारलाई प्रमाण पत्र वितरण कार्यक्रममा आयोजक संस्था स्टार एफएमले सो जानकारी गराएको हो ।
    सहभागी गीतसंगीत र स्रष्टाहरुबाट उत्कृष्ट पाँचमा परेका मनोनीतलाई मंगलबार राजधानीमा एक समारोहबीच प्रमाण पत्र वितरण गरिएको छ । यो स्टार एफएमले पहिलोपटक म्युजिक अवार्ड गर्न लागेको हो । स्रष्टाको सम्मान र नेपाली संगीतको उत्थान भन्ने उद्देश्यले अवार्डको थालनी गरेको आयोजक संस्थाका कार्यकारी अध्यक्ष प्रदीप उदयले जानकारी गराएका छन् ।
    कार्यक्रममा गायक स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, कुलेन्द्र विक, तुलसी पराजुली, कमलीकान्त भेटवाल, गायिका अन्जु पन्त, निशा देशार, दुर्गा परियार, आस्था राउत, आस्था बी, संगीतकार अर्जुन पोखरेल, राजु सिंह, आनन्द राई, गीतकार योगेन्द्रमणि दाहाल, शिव सुवेदी, एकनारायण भण्डारीलगायत नेपाली संगीत क्षेत्रका अधिकांश कलाकार सहभागी थिए । उत्कृष्ट गायक, गायिका, एल्बम, लोक गीतलगायत २२ विधामा अवार्ड प्रदान गरिन लागेको ब्लु डाइमण्ड स्टार अवार्ड समारोहमा बरिष्ठ गायक प्रेमध्वज प्रदानलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिँदैछ भने कृष्णा ताम्राकारलाई रेडियोकर्मी सम्मान गरिने भएको छ ।

    14012800IMG_4524

    rajesh-payal

    aaastha-b

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु