• मिना मगर र गायक शितल गुरुङको आवाजमा मार्मिक लोक गीत “ दोषी समय ” भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: २४ चैत्र २०७५, आईतवार

    आर पोखरेल, काठमान्डाँै ।
    देवी म्युजिक सोलुसन को प्रस्तुतिमा समर्पित मन पुस्कलको निकै मार्मिक लोकदोहोरी गीत “ दोषी समय ” गीतको भिडियो बजारमा सार्वजनकि भएको छ । सार्वजनिक गीतमा मिना मगर र गायक शितल गुरुङको आवाज रहेको छ ।
    जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । समयको अवस्था सगँै विछोड हुनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।
    शंकर वली र शिव कुँवर समिरको शब्द तथा समर्पित मन पुस्कलको लय सिर्जना गीतमा रहेको छ । निकै मार्मिक रुपमा भिडियो निमार्ण गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ दोषी समय ” गीतको भिडियोमा अनिता छिनाल र सागर थापाको जिवन्त अभिनय रहेको छ ।
    “ दोषी समय ” गीतको भिडियो.. हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु