• मिलनलाई सोचे जस्तो भएन

    म्यूजिक खबर
    प्रकाशित: १२ माघ २०७१, सोमबार

    काठमाडौं । गायिका मिलन अमात्यलाई अहिले सोचेजस्तो भएन रे । पछिल्लो समयमा महिला पाश्र्व गायनमा व्यस्त गायिका मिलन अमात्य यतिबेला देशभित्र र देशबाहिरका विभिन्न कन्सर्टहरुमा पनि उत्तिकै व्यस्त छिन् । उनको स्वरको जादू जति नै चर्चामा रहे पनि जिन्दगीमा भने किन सोचेजतिभएन भन्ने प्रश्न पनि आउला तर त्यो भने होइन । उनको दोश्रो एल्बम मधुर मिलनमा रहेको गीत सोचे जस्तो भए जीवनको म्यूजिक भिडियोको चर्चाको हो ।
    मधुर मिलन एल्बममा रहेको उनका सबै गीतहरु चर्चामै छन् । तर सोचे जस्तो भए जीवन यतिबेला डिजिटल प्रविधिमा राम्रो स्थान पाइरहेको छ भने एफएम टेलिभिजनहरुमा पनि सबैको रोजाइमा परेको छ । पैसा हुँदा मात्र सबै आफ्ना हुन्छन् पैसा नहुँदा कसैको साथ पाइँदैन भन्ने भिडियोको कन्सेप्टले देखाए पनि जीवनमा धेरै कुरा सोचे जस्तो नहुन पनि सक्छ । गीतकार राजुबाबु श्रेष्ठका शब्द र संगीतकार सुनिल मास्केको संगीतले जति सुमधुर बनाएको छ त्यो भन्दा बढी गायिका मिलन अमात्यको स्वरले मिठास थपेको छ । सोचे जस्तो भए जीवनको म्यूजिक भिडियो निर्देशन भने संचारकर्मी प्रदीप निरौलाले गरेका हुन् । दिवस उप्रेती र प्रियंका कार्कीको अभिनय रहेको यस म्यूजिक भिडियोलाई हरि हुमागाइँले छायाँकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । यस गीतलाई भाइब्स क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

    maxresdefault

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु