• मिस एसएलसी कन्टेष्टमा २० जना

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७३, आईतवार

    काठमाडौं— एसएलसी दिएर बसेका किशोरीहरुलाई लक्षीत गरी ट्रिक मिडियाले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘मिस एसएलसी कन्टेस्ट–२०१६’ मा २० जना किशोरीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रवार सम्पन्न दोस्रो तथा अघिल्लो सातासम्पन्न पहिलो चरणको अडिसनपछि निर्णायक चरणका लागि २० जना प्रतिस्पर्धिहरु छनोट भएका हुन् ।

    Miss SLC Contest_2016_2

    अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव डेढ महिना लामो प्रशिक्षणका क्रममा क्याटवाकसहित व्यक्तित्व विकास, करियर काउन्सिलिङ, साईको–सोसल काउन्सिलिङ, मोटिभेसन, ईन्ट्रान्स प्रिपिरेसन आदि विधामा दक्ष्ँ बनाइने आयोजकसंस्थाका अध्यक्ष नहकुल खड्काले बताएका छन् ।

    Miss SLC Contest

    क्रियटिभ ईन्साईट मिडियाको सहकार्यमा सम्पन्न हुने यो प्रतियोगितालाई टेक्सास कलेजले प्रायोजन गर्न लागेको छ । धेरै बिद्यार्थीले सहभागिता जनाउन् भनेर मिस एसएलसी कन्टेस्टमा सहभागिता जनाउने किशोरीहरुले निःशुल्क अडिसन दिएका हुन् । बिद्यार्थीमा सामाजिक भावनाको विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको यो प्रतियोगिताबाट हुने सम्पुर्ण फाईदा संयुक्त अपांग आवाज केन्द्रलाई प्रदान गरिने कार्यक्रम व्यवस्थापक जनक खड्काले जनाएका छन् ।

    क्रियटिभ ईन्साईट मिडियाले अध्यक्ष सुर्य चन्दको नेतृत्वमा यस अगाडि पनि संयुक्त अपांग आवाज केन्द्रका अनाथ बालबालिकाका लागि सहयोग संकलन कार्यक्रम गर्दै आएको थियो भने ट्रिक मिडियाले यसअघि प्रतियोगिवाट शुल्क नै नलिइ ‘मिस युथ नेपाल–२०१५’ शीर्षकको प्रतियोगिता आयोजना गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु