• मिस यूथको शीर्षक गीत तयार

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७२, आईतवार

    काठमाडौं— नेपालमा पहिलो पटक प्रतिस्पर्धिहरुले निःशुल्क सहभागिता जनाइरहेकोे सौन्दर्य प्रतियोगिता ‘मिस यूथ नेपाल–२०१५’ का लागि एउटा थिम सङ रेकर्ड गरिएको छ । प्रतियोगिताका व्यवस्थापक जनक खड्काको शब्दको उक्त गीतमा गायक तथा संगीतकार रेवत राईको संगीत निर्देशन छ । सिनेजोन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक रेवत राई, निर्देश्ँक दिनेश डिसी, खोजि प्रतिभाको–२ का विजेता विक्रम लिम्वू, स्वर संग्रामका विजेता धु्रव तामाङ, नेपाली तारा–३ का उपविजेता देवेश राई, रेडियो नेपाल गायन प्रतियोेगीता–२०७१ का विजेता रुपेश ताम्राकार, प्रथम मिस राई यूमा राई, गायिका बबिना किरा“ती, समिर लिम्बु, बोनी दाहाल तथा सरु नेपालले स्वर दिएका छन् ।

    Miss Youth Nepal_Title Song Recording
    प्रतियोगिताका लागि ३२ जना युवतीहरु छनौट गरिएको आयोजक ट्रिक मिडियाले जनाएको छ । कोरियोग्रँफर कला सुब्बाले उनीहरुलाई विभिन्न विधामा प्रशिक्षण दिइरहेकी छिन् । गत बुधवारदेखि बागबजारस्थित बागबजार प्लाजामा प्रँरम्भ भएको ग्रुमिङ सेसनका क्रममा कोरियोग्राफर सुब्बासहित चलचित्र निर्देशकहरु दिनेश डिसी, सुमन दाहाल तथा सुचित्रा श्रेष्ठ, कलाकार÷क्याप्टेन विजय लामा, संगीतकार महेश खड्का, फोटोग्राफर शिवलाल श्रेष्ठ आदिले व्यक्तित्व विकास, सञ्चार क्षमता, महिला शसक्तीकरण, फोटोसुट आदि विषयमा कक्ष्ाँहरु सञ्चालन गरिरहेका छन् । यो प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा भदौ अन्तिम साता सञ्चालन हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु