• मुटु रोगबाट पीडित बिजु बज्रलाई सहयोगको अपिल

    म्यूजिक खबर
    प्रकाशित: १८ कार्तिक २०७१, मंगलवार

    काठमाडौं । संगीतकार बिज बज्र मुटु रोगबाट पीडित बनेपछि आर्थिक सहयोगका लागि अपिल गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा कठिनाइ आएपछि सहयोगका लागि सबैलाई आग्रह गरिएको हो । गुल्मीको वामी टक्सारमा जन्मिएका विजु बज्र चालिसको दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील रहेका छन् ।
    केही समय पहिला पनि उनी सिकिस्त विरामी भएका थिए । त्यसपछि स्वास्थ्यमा सुधार आएकाले पुनः संगीत क्षेत्रमा नै क्रियाशील रहँदै आएपछि फेरी अहिले मुटु रोगबाट पीडित बनेका हुन् । उनको उपचारमा संगीतकार संघले एक विज्ञप्ति प्रकाशित गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ । नेपाली गीतसंगीत प्रेमीहरुलाई एउटा संगीतकार, गीतकार, रेकर्डिष्ट बिजु बज्रको जीवन बचाउन सहयोगको अपेक्षा गरिएको हो ।
    विजु बज्रले नेपाली मूलधारको गीतहरुमा धेरै संगीत दिएका छन् । गीतकार उत्तम नेपाली, शशिविक्रम शाहदेखि समकालिन गीतकारहरुसँग सहकार्य गरिसकेका छन् । उनले संगीत भरेका गीतहरुमा फत्तेमान राजभण्डारी, योगेश वैद्य, कर्णदास, सुगम पोखरेल, रेश्मा सुनुवारलगायत दर्जनौं गायक गायिकाहरुले स्वर दिइसकेका छन् । मै ठूली भइछु रे, विस्तारै छायो आँखामा अँध्यारोजस्ता गीतहरुमा संगीत भरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु