• मेनुकाको भिडियो रिमा र सम्पदा

    म्यूजिक खबर
    प्रकाशित: २३ पुष २०७१, बुधबार

    काठमाडौं । गायिका मेनुका राईले आफ्नो पछिल्लो एल्बम ‘जुनतारा’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । एल्बमको ‘मेरो जीवनमा तिमी बाँच्न गाह्रो भए’ बोलको गीतको भिडियो विभिन्न टेलिभिजन च्यानल र यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । एल्बम ‘जुनतारा’ सार्वजनिक गरेको केही समयपछि उनले म्युजिक भिडिायो तयार पारेकी हुन् ।
    सार्वजनिक गरिएको म्युजिक भिडियोमा रिमा विश्वकर्मा, सम्पदा सिंह र प्रकाश पलले मोडलिङ गरेका छन् । मिङ्सोहाङ लिम्बूको शब्द÷संगीत रहेको ‘मेरो जीवनमा तिमी बाँच्न गाह्रो भए’ गीतको भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् ।
    ‘माया आरिसे’ बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा स्थापित भएकी मेनुको ‘जुनतारा’ कलेक्शन एल्बम हो । यसअघि दोस्रो एल्बमका रुपमा उनले ‘१,२,३’ नामक एल्बम श्रोतालाई पस्केकी थिइन् । सो एल्बमको प्रमोसनकै क्रममा कलेक्शन एल्बम ल्याएको उनको भनाइ छ । ‘आफ्नो एल्बम प्रमोसनकै लागि कलेक्शन एल्बम ल्याएकी हुँ’ उनले भनिन्, ‘यस एल्बमबाट पनि श्रोताको राम्रै प्रतिक्रिया पाइरहेकी छु ।’
    एल्बममा मुटुमा बस्ने, दशैं–तिहार, माया गर्छु, यसरी नै, जुन टाढा टाढा, रुँदै छौकि, कान्छी मुसुक्कै र मेरो जीन्दगी तिमी बोलका गीत संगृहीत छन् । जसमा मेनुकाका अलावा पार्वती राई, सुसन साम्सोहाङ, दीपा लामा, अशोकप्यासी राई, ममता राई र पिंयजन राईको स्वर सुन्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु