• मेलिना र चुडामणिको स्वरमा‘मुखले ठिक्क बनाउने’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १३ आश्विन २०८०, शनिबार

    काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वरमा ‘मुखले ठिक्क बनाउने’ गीत तथा भिडियो सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीतमा तयार यस गीतको भिडियो ओएसआर प्लेटफर्मबाट सार्वजनिक भएको हो ।
    सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि पनि चर्चित कलाकारसँग सहकार्य गरेका छन् । यसै क्रममा उनले आफ्नो पछिल्लो गीत पनि मेलिनासँग गाएका हुन् ।
    यस गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईले अभिनय गरेका छन् । पूर्वेली लोकलयमा रहेको यस गीतको भिडियोमा अञ्जली र टम्पशेर राईको पहिलो स्क्रिन शेयर हो ।

    अञ्जली र टम्पशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको यस भिडियोलाई तारावीर पाण्डेको निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकाश धमलाको सम्पादन रहेको छ ।
    उदयपुर त्रियुगा नगरपालिका साउनेका गायक चुडामणि मगरले यसअघि‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता चर्चित गीत ल्याइसकेका छन् । चुडामणिले ‘भूल’नामक एल्बम निकालेर सांगीतिकयात्रा सुरु गरेकाथिए ।
    हालउनी वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । आफ्नो पछिल्लो गीत‘मुखले ठिक्क बनाउने’ रिलिजगर्दै उनले भने, ‘विदेश जानु बाध्यता हो, त्यसैले देशबाहिर रहेर पनि मेरो मन गीतसंगीतमै छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु