• मै राम्री हो की उमेर राम्रो….

    म्यूजिक खबर
    प्रकाशित: १७ भाद्र २०७२, बिहीबार

    काठमाडौं । सबैले आफ्नो उमेर अनुसारको कुरा गर्छन् नै । उमेरमा हुने खुल्दुलीले पनि सबैलाई सताइहाल्छ । अझ भनौं बैंश जोवनमा पुगेका युवायुवतीहरु त आफूलाई ऐनामा हेरिहेरी आफ्नो बयान गर्दै दिन बिताउने गर्छन् रे । तर आजभोलिका युवायुवती खुलेरै भन्ने गर्छन् मै राम्री हो की उमेर राम्रो… भनेर । उमेर अनुसार अरुका आँखा जानु पनि स्वभाविक नै हो ।

    namrata-kharel-kiran
    गायिका नम्रता खरेललाई पनि आजभोलि आफ्नो उमेर राम्रो कि आफू राम्रो हो भन्ने कुराको याद नै छैन । उनको नजर राम्रो हो की अधर राम्रो त्यो पनि उनलाई थाहा नै छैन । अब युवाअवस्थामा के के हुन्छ के के भन्ने कुरा गायिका नम्रताको गीतबाट पनि प्रष्ट हुन्छ । गीतकार किरण खरेलका शब्दमा दिपक शर्माले संगीत दिएको गीत मै राम्री हो की उमेर राम्रोलाई गायिका नम्रता खरेलले स्वर दिएकी छन् । उदयराज पौडेलको एरेन्ज रहेको यस गीतलाई उत्कृष्ट म्यूजिकले भर्खरै मात्र बजारमा ल्याएको हो ।
    उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । यूट्यूबममा प्रकाशन गरिएको यस म्यूजिक भिडियो छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ । विधान कार्कीको निर्देशनमा तयार भएको यस म्यूजिक भिडियोमा माला र रन्जनको अभिनय रहेको छ । हरि हुमागाईंको छायाँकन, दिपकमान सिंहको कोरियोग्राफ रहेको यस भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु