![](https://musickhabar.com/wp-content/uploads/ram-bhakta-jojiju-300x150.jpg)
पछिल्लो समय म्यूजिक भिडियोमा चम्किएकी मोडल हुन् निशा पोमु । लोभलाग्दो शरिर र आकर्षक अनुहारकी निशा मिस लिम्बुको पहिलो संस्करणमा सहभागी भएपछि मोडलिङमा होमिएकी हुन् ।
विशेषतः नृत्यमा रुचि भएकी उनी भन्छिन्–‘विभिन्न स्टेज कार्यक्रमहरुमा नृत्य गर्नु मेरो रुचि हो ।’ करिब पाँच वर्षअघि मोफसलबाट लिम्बु भाषाको गीतमा मोडलिङ गरेर करिअर प्रारम्भ गरेकी निशाले दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।
पछिल्लो समयमा विभिन्न जिल्लामा आयोजना हुने महोत्सवहरुमा पनि रोजाइमा पर्दै आएकी निशाले नेपाली चलचित्र ‘दुस्साहस’ मार्फत अभिनेत्रीमा डेब्यु गर्दैछिन् ।
यिनै निशाको उत्कृष्ट तस्बिर हामीले म्यूजिक खबर फेसमा सार्वजनिक गरेका छौं ।