• म्युजिक भिडियोमा ‘नेपाली हौँ’

    म्यूजिक खबर
    प्रकाशित: ११ बैशाख २०७१, बिहीबार

    काठमाडौं, ११ बैशाख । गायक राजेश पायल राईद्वारा स्वरबद्ध राष्ट्रिय भावनाको ‘नेपाली हौँ’ बोलको गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । ‘देश’ नामक एल्बमको उक्त गीतको छायांकन राजधानीका स्वयम्भूलगायत विभिन्न स्थानमा गरिएको छ ।
    अनुप लिम्बू ‘अन्जान’ को शब्द तथा अशोक राईको संगीत रहेको ‘नेपाली हौँ’ गीतको म्युजिक भिडियोको निर्देशन सागर सुब्बाले गरेका हुन् । केही समययता म्युजिक भिडियो तथा चलचित्र निर्देशनमा सक्रिय सागरले केही दिनमै उक्त भिडियो विभिन्न टेलिभिजन च्यानलबाट रिलिज गर्ने बताए ।
    ‘गीत निकै राम्रो छ’ उनले भने, ‘राष्ट्रिय भावनाले ओतप्रोत गीतको भिडियो निर्देशन गर्न पाउँदा बेग्लै आनन्द लाग्यो ।’ अर्चन राई, रोशन बुढाथोकीलगायतले मोडलिङ गरेको म्युजिक भिडियोमा कोरियोग्राफी नारायण रिजाल र छायांकन गुणराज शाक्यको रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु