• म्युजिक भिडियोमा लाहुरे व्याथा

    म्यूजिक खबर
    प्रकाशित: ११ बैशाख २०७१, बिहीबार

    काठमाडौं, ११ बैशाख । विदेशी सेनामा जागिर खाने नेपाली लाहुरेले परिवारलाई समय दिन नसक्दाको पीडा छुट्टै हुन्छ । यस्तो पीडा अब म्युजिक भिडियोमा देख्न पाइने भएको छ ।
    डिआइजी नवराज सिलवालले यस्तै पीडा समेटेर लेखेको गीत ‘अरूले लाहुरे भने पनि तिमीले पराइ नठानी दिनु’ को म्युजिक भिडियोमा लाहुरेको पीडा पोखिएको छ । यस पीडालाई चलचित्र निर्देशक एवं सञ्चारकर्मी डब्बु क्षत्रीले म्युजिक भिडियोमा उतारेका हुन्, जसलाई शनिबार छायांकन गरिएको छ ।
    सुरेश अधिकारीको संगीत रहेको गीतमा मोहन राईको स्वर छ भने म्युजिक भिडियोमा विमलेश अधिकारी, सारिका घिमिरे र कुमारसिंह महर्जनले मोडलिङ गरेका छन् । यस भिडियोलाई वैशाखको दोस्रो साता रिलिज गर्ने निर्देशक क्षत्रीले बताए ।

    dabbu

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु