• म त तिम्रो नफापेको मान्छे…

    म्यूजिक खबर
    प्रकाशित: १९ कार्तिक २०७१, बुधबार

    काठमाडौं । गीतकार गोविन्द प्रसाद उपाध्याय यो वर्ष सबैभन्दा धेरै अवार्ड पाउने गीतकारका रुपमा देखिए तर पनि उनी आफूलाई नफापेको मान्छेका रुपमा परिचित गराउँदैछन् । अरुले देख्दा लक्की गीतकारका रुपमा देखिए पनि सत्यता एल्बमको सफलतापछि उनी नफापेको मान्छेको रुपमा देखिए । सत्यता–२ सार्वजनिक गर्ने तयारीमा उपाध्यायले एउटा म्यूजिक भिडियो बनाएका छन् । रेश मरहठ्ठा र अशिस्मा नकर्मीको अभिनयलाई नफापेको मान्छेमा खेलाएका छन् । यस म्यूजिक भिडियो निर्देशन भने संचारकर्मी प्रदीप निरौलाले गरेका हुन् ।
    हरि लम्सालको संगीत, गोविन्दप्रसाद उपाध्यायको शब्द र निखिता थापाको स्वर रहेको यस गीतको म्यूजिक भिडियोलाई हरि हुमागाइँले छायाँकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

    resh-asisma1 resh-asisma

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु