• यसपालीको दशैं र तिहारमा

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७२, आईतवार

    काठमाडौं । हिन्दुहरुको महान चाड दशैं तपाई हाम्रो संघारमै आइसकेको छ । तर देशका सबै क्षेत्रहरु प्रभावित भैरहेको अवस्थामा नेपाली गीत संगीतको क्षेत्र अछुत रहने कुरै भएन । रेडियो टेलिभिजनमा दुर्गा माता, रातो टिका, जमरा, चिची र पापाको अनगिन्ती गीतहरु बजाएर दशैंको आभाष दिनुपर्ने यो समयमा बिग्रदो परिस्थितिका समाचार सुन्नु र भोग्नु परेको छ । यद्यपी यस्तो जटिल अवस्थामा नेपाली संगीतप्रेमीहरुको चाहनालाई मध्यनजर गर्दै पनि दशैैं विशेष एल्बम बजारमा आएको छ । यस्ता गीतहरुले चाडपर्वको महत्वलाई इंकित गर्ने भन्दै केदार प्रसाद सापकोटा ‘कुलदीप’को शब्दमा ‘यसपालीको दशैं र तिहारमा’ एल्बम बजारमा आएको छ । बिन्दबासीनी म्यूजिकको प्रस्तुतीमा आएको उक्त एल्बममा देबी घर्ति र शिशिर भुसालले स्वर दिएका छन् । विदेशमा रहेर पनि आफ्नो बचेको हरेक सेकेण्डलाई नेपाली संगीत क्षेत्रमै लगानी गरिरहेका गणेश चौंलागाईको लय रहेको छ ‘यसपालीको दशैं र तिहारमा’ । उक्त एल्बमका गीतहरुबाट आफूले निकै नै आशावादी रहेको कुरा पनि चौलागाईंले म्यूजिक खबरलाई बताए ।

    ganesh-chaulagain

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु