• यूएईमा सुमनको समर्पण लोकर्पण

    म्यूजिक खबर
    प्रकाशित: १३ जेष्ठ २०७१, मंगलवार

    यूएई, १३ जेठ । गायक सुमन सिङदान तामाङको नया“ गीतिसंग्रह समर्पण यूएईमा लोकर्पण गरिएको छ । यूएईमा भएको एक भव्य सांस्कृतिक कार्यक्रमकाबीच सुमनको समर्पणलाई सार्वजनिक गरिएको हो । प्रवासमा रहेर पनि आफ्नो नेपाली कला र संस्कृतिको लागि समर्पित रहेका स्रष्टा सुमन सिङ्दानको समर्पण विमोचन समारोहमा आयोजक संस्था प्रवासी नेपाली चालक सेवा समाजका अध्यक्ष मनमोल तामाङ, एनआरएन मिडलइस्टका चन्द्र रोका, एनआरएन आइसीसीका सदस्य तथा जनसम्पर्क समिति यूएईका महासचिव विमल तामाङलगायतले एल्बमको लोकार्पण गरेका थिए । गीतसंगीतको क्षेत्रमा क्रियाशील हु“दाहु“दै प्रवासमा पुगेका सुमनले आफ्नो सांगीतिक यात्रालाई अझ उचाइमा लैजाने क्रममा समर्पणलाई बजारमा ल्याएका हुन् । समुधुर स्वरका धनी गायक सुमनले आफ्नो एल्बममा समावेश रहेका गीतहरु उक्त सांस्कृतिक कार्यक्रममा प्रस्तुत गर्दा दर्शकदीर्घामा वाहीवाही पाएका थिए । त्यस्तै सुमनका अलावा नेपालमा रह“दा रुन्चे गायकको उपाधिसमेत पाएका गायक प्रकाश पौडेल, गायक चुमान काउछा मगर, किशोर सुनार पनि आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै चक्र थापाले कार्यक्रमको संचालन गरेका थिए भने बन्दना बस्नेत, विवश ठकुरी, सन्तोष लामा, विमला तामाङ, मिनुषा लामा, दुर्गा लिम्बू, माइली स्याङबोको नृत्यले पनि प्रवासमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । यूएईमा नेपालीहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममध्येकै अहिलेसम्मको ठूलो कार्यक्रम मानिएको यस विमोचन समारोह एवं सांस्कृतिक कार्यक्रमलाई प्रवासी नेपाली चालक सेवा समाजले आयोजना गरेको थियो । कार्यक्रमलाई भरत गुरुङ, मोहन श्रेष्ठ, गल्कोट समाजका अध्यक्ष तारा मल्ल, आदिबासी जनजाति युवा परिषद्का अध्यक्ष हरि घर्तीमगरले सहयोग गरेका थिए । साथै नेपाली प्यालेस रेस्टुरेन्ट, आबुधावी हिमालय ट्राभल्स, हिमालय होटल, एभरेष्ट प्वाइन्ट होटल, ग्रीन ट्राभल्स लगायतले कार्यक्रमलाई सपोर्ट गरेका थिए ।
    गायक तामाङको समर्पण एल्बममा जल्न सक्छु, जोखा हेर्दा, प्यारो लाग्ने, कसलाई के थाहा, भावनामा भाव बोकी, सयौं साल जिन्दगीको जस्ता गीतहरु समावेश छन् । सुमन शर्मा मजगैंया, मिनसागर लामा, महेश खड्का, सुमन सिङदान, सुनिल कोइराला, अमृत रेग्मीको शब्द रहेको समर्पणमा चन्द्रकुमार दोङ, महेश खड्का, अर्जुन पोखरेलले संगीत दिएका छन् । त्यसैगरी समर्पण लोकार्पण कार्यक्रममा बिक्री भएको एल्बमबाट उठेको करिब बीस हजार नेपाली रुपैया“ गायक सुमन सिङ्दानले चलचित्र पत्रकार संघको पत्रकार अक्षय कोषका लागि हस्तान्तरण गर्ने भएका छन् ।

    10409946_468699539940822_106594399_n 10379074_468699843274125_1436681272_n 10362977_468709016606541_974126096_n 10256058_753762117996977_1182154716422573259_n

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु