• यो चोखो माया लिएर आए छिरिङ भुटिया

    म्यूजिक खबर
    प्रकाशित: १ असार २०७४, बिहीबार

    असार १, २०७४
    काठमाडौं । छिरिङ भुटिया युवपुस्ताका पुराना गायक हुन् । पूर्वी पहाडी जिल्लाको चेपुवा–३ संखुवासभा स्थायी घर भएका भुटियाको जन्म भने सुखियापोखरी दार्जिलिङमा भएको हो । २०३० साल चैतमा जन्मिएका भुटियाको सांगीतिक जिन्दगीको परीक्षणकाल भने साथीसंगीसँगको उठबस नै हो । औपचारिक रुपमा सांगीतिक यात्राको सुरुवात भने २०५३ साल हेरिदेउ हाँसिदेउ गीत नै हो । भुटियाले यो गीतको रेकर्डसँगै गोपाल योञ्जनसँग सहकार्य गर्ने मौका पाए । योञ्जनको निशानी कलेक्सन एल्बममा स्वर दिने मौका पाए । २०५३ सालतिर निशानी बजारमा आएपछि आफ्नै एल्बमहरु प्रकाशनमा ल्याउन सुरु गरे । तिमी आएजस्तो २०५४, सायद २०५७, डे २०५९, उपस्थिति २०६२ जस्ता चारवटा एल्बहरु बजारमा ल्याइसकेपछि भुटियाले आफ्नो सांगीतिक यात्रामा पेशा परिवर्तन नै गरेभन्दा पनि फरक पर्दैन । अवार्डहरुः हिट्स एफएम म्यूजिक अवार्ड २०५८, साचिस अवार्ड २०५९ (दार्जिलिङ) अवार्ड चुमिसकेका उनले गायनलाई केही थाँती राखेर साउन्ड इन्जिनियरिङको पेशालाई आत्मसात गर्दै आए । सधैं सांगीतिक कार्यक्रमहरुमा उनको साउन्ड इन्जिनियरिङको कामबाट सबैले उनको प्रशंसा गरिरहे तर उनको गायकी भने ओझेल पर्दै गयो ।

    tshering bhutiya
    लामो समयको अन्तरालपछि ‘यो चोखो माया’ गीतको भिडियोसमेत सार्वजनिक गरेका छन् । विनय लामाको शब्द र संगीतमा छिरिङ भुटियाको स्वर रहको गीतमा विशाल ताम्राकारले एरेन्ज एवं रेकर्ड गरेका छन् । अमृत सुनुवारको छायाँकार÷निर्देशन रहेको उनको म्यूजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् । यस भिडियोमा पुरानो ब्याण्ड ‘पिजम ब्याण्ड’ ले फिचरिङ गरेको छ । सन् १९७४ मा स्थापना भएको यस ब्याण्डमा सुवर्ण लिम्बू (संगीतकार÷एरेन्जर), देव राना (ड्रमर), दिपक थापा (संगीतकार, एरेन्जर), पेम्बा लेप्चा (संगीत प्रशिक्षक) सदस्यहरु रहेका छन् ।

    tshering

    त्यसो त राम्रा गायक भएर पनि छिरिङ भुटियाले आफ्नो साउन्ड इन्जिनियरिङको पेशालाई मजबुत बनाउँदै आएका पनि छन् । प्राविधिक सल्लाहकारका रुपमा सांस्कृतिक संस्थानमा कार्यरत रहेका उनी अब भने प्रोजेक्ट ५ मार्फत् सांगीतिक यात्रालाई निरन्तरता दिने सोचमा छन् । अब गायनयात्रालाई पनि अगाडि बढाउँदै जानेछु गायक भुटियाले भने – ‘मेरो सांगीतिक करिअरमा पाएको स्थानेले नै आज यो स्थानमा पाएको हुँ । पुरानादेखि नयाँसम्मको सहकार्य गरिसकेँ अब मेरो वास्तविक परिचय नै हराउलाजस्तो लागेको छ त्यसैले गायनलाई निरन्तरता दिनेछु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु