• यो वर्ष पञ्चैबाजा बजाउँदैछन् ठकुरी

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७१, बुधबार

    काठमाडौं । लोकदोहोरी क्षेत्रमा धेरै कलाकारले विहे गरिसकेका छन् भने सीमित केही कलाकार मात्र विहे गर्न बाँकी छन् । अझ कोहि कोहिले त विहे गरे, जीवन बुझे र आआफ्नो बाटो लागिसके भने कोहि कोहि दुई विहे घर पक्का भन्ने मानसिकतामा छन् रे । अब गायक राजन ठकुरी भने दाइभाइका छोराछोरीसँग रमाउने मात्र काम गरिरहेका छन् । तर यो वर्ष भने उनले पञ्चैबाजा बजाउने भएका छन् ।
    पञ्चैबाजा बजाउने मान्छेहरु कम भइरहेको बेलामा उनले भने पञ्चैबाजालाई नै केन्द्रमा राखेर आफ्नो गीत प्रस्तु गरेका छन् । उनले वास्तविक जीवनमा पनि यो वर्ष पञ्चैबाजा बजाउँदै छन् की भन्ने अनुमान यस गीतबाट गर्न सकिएला । तर उनले बजारमा ल्याएको यो गीतमा भने पञ्चैबाजाको प्रयोगमा जिन्दगीको अनुभूतिलाई प्रस्तुत गर्न सफल भएका छन् ।

    अजम्बरी संसारमा होला को
    के भर छ र दुई दिने चोलाको
    हाँस बोल अघि सरेर
    बिताउँ जीवन रमाइलो गरेर, के लैजानु छ र मरेर

    नियम रैछ जन्मिनु मर्नु
    व्यर्थै रैछ रिस गर्नु लोभ गर्नु
    हाँस बोल अघि सरेर
    बिताउँ जीवन रमाइलो गरेर, के लैजानु छ र मरेर

    जीवन दुई दिनको हो, अजम्बरी कोही पनि हुँदैन, रिस गरे पनि लोभ गरे पनि आखिर मरेरै जाने हो भन्ने सन्देशका साथमा गायक राजन ठकुरीले पञ्चैबाजा बजाएका हुन् । यस गीतमा गायिका पूर्णकला बिसीले उनलाई स्वरमा साथ दिएकी छिन् । गायक ठकुरीकै शब्द, लय, संगीत संयोजनमा तयार भएको यस गीतिसंग्रह के लैजानु छ र मरेरलाई आदर्श डिजिटलले बजार प्रबद्र्धन गरेको छ ।

    Panche Baja Rajan Thakuri Dai

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु