• रक्तदानमा अन्जुको सहयोग

    म्यूजिक खबर
    प्रकाशित: २० पुष २०७२, सोमबार

    कलाकारितामा लाग्ने धेरै कलाकारहरु पछिल्लो समय विभिन्न क्षेत्रमा हुने गरेका सामाजिक कार्यहरुमा पनि सक्रिय रहँदै आएका छन् । गीतसंगीतको क्षेत्रबाट ख्याति कमाइसकेपछि समाजसेवातिर पनि लाग्नुपर्छ भन्ने सोचमा धेरै लागिरहेकै बेला मोडल अन्जु निरौला पनि लागेकी छिन् । लोकदोहोरी, आधुनिक गीतको म्यूजिक भिडियोमा सबैभन्दा व्यस्त बनेर काम गरिरहेकी मोडल अन्जु निरौलाले काठमाडौंमा भएको एक रक्तदान कार्यक्रममा सहयोग गरेकी छन् ।
    लायन्स क्लब अफ गोंगबु र निर्धनुत्थान सहकारी गोंगबुले संयुक्त रुपमा आयोजना गरेको “रक्तदान कार्यक्रम”मा मोडल तथा नायिका अन्जु निरौलाले रक्तदाताहरुलाई फलफूल तथा जुस उपलब्ध गराएर सहयोग पु¥याएकी हुन् ।

    anju niraula

    उक्त रक्तदान कार्यक्रममा मोडल अन्जु, निर्धन उत्थान सहकारीका संस्थापक अध्यक्ष सुनील कार्की सहित गोंगबु बानियटारका करिब ६० जना बासिन्दाले रक्तदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु