• रक्षा नेपालमा लोकदोहोरी

    म्यूजिक खबर
    प्रकाशित: २९ फाल्गुन २०७१, शुक्रबार

    काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौधौं वार्षिकोत्सव रक्षा नेपालमा लोकदोहोरी गाएर मनाइएको छ । प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा र रक्षा नेपालकी आमा मेनुका थापाबीच भएको दोहोरीको घम्साघम्सीमा नै यौनिक हिंसाबाट प्रताडित भएका नानी बाबुहरु रमाइएका थिए ।
    न्यास्रो लाथ्यो माइतीलाई भेट्नलाई
    पाएँ आज तिर्सना मेट्नलाई
    कुनै बेला लोकदोहोरी गायिकासमेत रहेकी मेनुका थापाले चन्द्र शर्मासँग गाएको दोहोरी होस् या बद्री पंगेनीले गाएको गीत बालबालिकाहरुले मनोरञ्जन लिन सफल भएका थिए । प्रतिष्ठानका पूर्व अध्यक्ष तथा प्राज्ञ दुर्गा रायमाझीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा रक्षा नेपालकी आमा मेनुका थापालाई सम्मान एवं २५ हजार रकम र केही सामग्रीसहित प्रतिष्ठानको १४ औं वार्षिकोत्सव मनाइएको थियो । उक्त अवसरमा टीका पुन, रमिला न्यौपाने, हुम गैरे, प्रकाश सपुत, सम्झना लामिछाने मगरले गीत गाएर बालबालिकालाई रमाइलो प्रदान गरेका थिए ।

    lok dohori menuka thapa dohori

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु