• रमेशको बाध्यता

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०७२, शुक्रबार

    काठमाडौं । गायक रमेश बानियाँको पहिलो सोलो एल्बम ‘बाध्यता’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी गायक बानियाँले आफ्नो पहिलो गीतिसंग्रह बाध्यता सार्वजनिक गरेका हुन् । संगीतकार महेश खड्का, साहित्यकार महेश पौडेल, कवि बम बानियाँ लगायतले संयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन् ।
    बाध्यतामा ‘आज तिम्रो कुरा’, ‘तिमी मेरी हौ’, ‘खै कसरी भनुँ’, छड्के हेराइले’ र ‘छेउमा आई बसिदेउन’ बोलका पाँचवटै गीतको म्यूजिक भिडियो बनेको छ ।उक्त भिडियोमा गायक स्वयम बानियाँ, नायिका संचिता लुइँटेल, सुरविना कार्की, स्मारिका थापा, सिम्रन लिम्बु, सन्तोष राई, विनिता राई, एलिसा सिंह लगायतले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकान, दिपक विष्टको सम्पादन रहेको सम्पुर्ण भिडियोलाई राजेश राईले निर्देशन गरेका हुन् । एल्वममा रमेश, मिरादेवी राई र दिपक बानियाँको शब्द रहेका छन् । गायक रेवत राई, निम सङ्गीत, मनिपल राई, मनोज साङसोन र शिव थापा मगरले एल्वममा समावेश एक–एकवटा गीतमा संगीत भरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु